

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस पोजेटिभ देखिएका कुनै पनि बिरामीलाई सरकारले उद्धार गरेर उपचार गर्ने बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि कोभिड–१९ का बिरामी भेटिए सरकारले निःशुल्क उपचार गर्नेसमेत बताए । “कुनै व्यक्तिमा कोभिड–१९ पोजेटिभ देखिए हामी हवाईमार्ग वा स्थलमार्गबाट त्यस्ता व्यक्तिको सुरक्षितरूपमा उद्धार गरेर अस्पताल लगेर उपचार गछौँँ”, उनले भने ।
उनले नेपालमा पनि कोरोना पोजेटिभ देखिएपछि थप सावधानी अपनाउनुपर्छ भन्दै कोभिड–१९ पोजेटिभ देखिएपछि नेपाल अब ग्रीनजोनमा नरहेको समेत बताए । “हिजोसम्म हामी ग्रीन जोनमा रहेका थियौँ”, उनले भने, “कोभिड–१९ पोजेटिभ देखिएपछि हामी अब धैर्य गरेर थप सावधानी अपनाउनुपर्छ ।” फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका थिए । गत मङ्गलबार आएकी उनको परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएपछि आइतबार बेलुका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।
मन्त्री ढकालले विगतमा पनि कोभिड–१९ पोजेटिभ देखिएको र १० दिनको उपचारपछि नेगेटिभमा परिणत भएको हो भन्दै अहिले देखिएका व्यक्तिलाई उपचारपछि नेगेटिभ परिणत गराइने प्रतिबद्धता व्यक्त गरे । उनले कोरोना भाइरस परास्त गर्न नेपालीले देखाएको दृढताप्रति सराहना गर्दै कोभिड–१९ पोजेटिभ देखिएपछि अझ सावधानी अपनाउनुपर्ने बताए ।
उनले कोभिड–१९ पोजेटिभ देखिएका व्यक्तिका सम्पर्कमा रहेका परिवार तथा साथीभाइ पनि क्वारेन्टाइनमा राखी उपचार गरिने जानकारी दिए । “उनको परिवारलाई समेत होम क्वारेन्टाइनमा राखिएको छ । फ्रान्सबाट आएका साथीभाइको पनि हामीले खोजी गरिहेका छौँ”, उनले भने, “उनीहरु सबैलाई क्वारेन्टाइनमा राखी उपचार गछौँँ ।”
उनले आइतबारदेखि चीन र भारतका सीमा एक हप्तासम्म बन्द गरिएको जानकारी गराउँदै ती दुई देशबाट आएका नेपालीलाई होम क्वारेन्टाइनमा बस्नसमेत भनिएको बताए । कोरोना अतिप्रभावित ५५ देश र ती देशबाट ट्रान्जिट भएर आउने यात्रुलाई नलिने भनेर निर्णय भए पनि केही अपवादका घटना भएपछि होम क्वारेन्टाइनमा पठाइएको जानकारी दिएका थिए । खरिपाटीस्थित क्वारेन्टाइन आकस्मिकका लागि राखिने उनले बताए । हवाईमार्गबाट आएका र तत्काल आफ्नो बस्ने व्यवस्था नभएकाहरुलाई सरकारले खरिपाटीमा राखेको छ । बाहिरबाट आएका सङ्क्रमितलाई अप्ठ्यारो भयो भने सरकारले तोकिएका क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको जानकारी दिए ।
सबै प्रदेशमा टेकु अस्पतालस्तरीय प्रयोगशाला
सातै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीको बैठकपछि सबै प्रदेशमा टेकु अस्पतालमा रहेको स्तरको प्रयोगशाला निर्माण गरिने जानकारी मन्त्री ढकालले दिए । सम्बन्धित प्रदेशमा कोभिड–१९ सँग सम्बन्धित रोगका बारेमा मात्र उपचार गर्ने गरी परिभाषित गरेर अस्पताल निर्माण गरिने उनले बताए । सञ्चारमाध्यमलाई कोरोना भाइरससँगको लडाइँलाई कमजोर बनाउने खालका सूचना प्रवाह नगर्नसमेत मन्त्री ढकालले आग्रह गरेका थिए ।कोरोना भाइरससँग सम्बन्धित औषधि सामग्री ल्याउनका विदेशस्थित कूटनीतिक नियोगबाट पहल भइरहेको उनले बताए । विदेशबाट अत्यावश्यक सामग्रीको सुनिश्चिता हुनेबित्तिकै सरकारले तयारी अवस्थामा राखिएका हवाईजहाजलाई पठाइने उनको भनाइ थियो । सरकारले चीन र भारतबाट सामग्री ल्याउने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुस्थित प्रयोगशालालाई विस्तार गरेर कोरोना भाइरसको नमूना परीक्षण बढाइने जानकारी दिए । उनका अनुसार अहिलेसम्म ६०० जनाको नमूना परीक्षण गरिएको छ ।
News Desk 0 response सोमवार, चैत्र १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३



