

-
पोखरा । के तपाईं कोरोना भाइरसको सङ्क्रमण भयो कि भन्ने चिन्तामा हुनुहुन्छ । यदि त्यस्तो छ भने तत्कालै अस्पतालको खोजीमा भौँतारिनु पर्दैन । घरमा नै बसेर ०६१–५२४०७४ मा फोन गर्नुहोस्, त्यहाँ तपाईंको स्वास्थ्य समस्या बुझेर आवश्यक परामर्श दिने चिकित्सकहरु बसिरहनुभएको छ । चिकित्सकको परामर्शपछि मात्रै तत्काल अस्पताल जानुपर्ने वा घरमा नै बसेर आराम गर्दा हुने हो, एउटा निर्णयमा पुग्नुहोस् ।
सङ्क्रमणका कारण विश्वलाई नै त्रसित बनाइरहेका अवस्थामा सर्वसाधारणलाई स्वास्थ्य समस्यामा परामर्श दिनका लागि गण्डकी प्रदेशमा आइतबारदेखि ‘हेलो डक्टर कक्ष’ सञ्चालनमा ल्याइएको छ । प्रत्येक दिन बिहान ८ देखि दिउँसो ५ बजेसम्म दुईजना चिकित्सकसहित उक्त हटलाइन सेवा सञ्चालनमा ल्याइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । कक्ष सञ्चालनसँगै ठाउँठाउँबाट सर्वसाधारणले सोधपुछ गरी चिकित्सकीय परामर्श लिइरहेको उहाँले बताउनुभयो ।
सङ्क्रमणको सम्भाव्य जोखिमीलाई दृष्टिगत गरी गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा एक सय ११ आइसोलेशन श्यया तयारी अवस्थामा राखिएको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ ।
त्यस्तै मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक मेमोरियलमा ३० र जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँमा ३० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको निर्देशक शर्माले जानकारी दिनुभयो । त्यस्तै स्याङ्जा जिल्ला अस्पतालमा चार, पर्वत जिल्ला अस्पतालमा तीन, धौलागिरि अञ्चल अस्पताल बागलुङमा चार श्ययाको आइसोलेशन कक्ष तयार गरिएको छ ।
निर्देशनालयअन्तर्गत प्रदेशका विभिन्न आठ स्थानमा स्वास्थ्य सहायता कक्षमार्फत सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो । पिपिई, सानिटाइजर, मास्क, गन थर्मोमिटरलगायत सामान पर्याप्त नहुँदा भने ती स्वास्थ्य सहायता कक्षलाई अपेक्षित प्रभावकारी बनाउन नसकिएको उहाँले बताउनुभयो । स्वास्थ्यप्रतिको सजगताका लागि सर्वसाधारण अस्पतालमा आउने क्रम भने बढिरहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिनुभयो । रासस
News Desk 0 response सोमवार, चैत्र १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



