

-
म्याग्दी । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत भोली सोमबारदेखि २९ गतेसम्म यहाँ दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरेर दुई चरणमा नौ महिनादेखि पाँच वर्षसम्मका नौ हजार ३५२ बालबालिकालाई सो रोगविरुद्ध खोप दिने लक्ष्य राखिएको जानकारी गराएको छ ।
यही चैत १० देखि १८ गतेसम्म धवलागिरि, मालिका र मङ्गला गाउँपालिकाका सबै वडामा र चैत २१ देखि २९ गतेसम्म बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका वडामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । खोप अभियानमा ३६५ खोप केन्द्रमा ७४० खोपकर्ता परिचालन हुनेछन् । अभियानका क्रममा खोप कार्यकर्तालाई तालिम, महिला स्वास्थ्य स्वयंसेविका, वडाका जनप्रतिनिधिलाई अभिमुखीकरण र हरेक लक्षित बालबालिका भएका घरमा निमन्त्रणा गरिने उहाँले बताउनुभयो ।
जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउन तथा खोपपछि बालबालिकामा देखिने समस्यालाई समाधान गर्न बेनी अस्पतालका चिकित्सक नवराज बस्ताकोटी र दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक तिलक गौतमको संयोजकत्वमा दुई भेगमा फरक–फरक टोली गठन गरिएको छ । प्रत्येक खोप केन्द्रमा सो टोलीको विवरण पु¥याइने भएकाले खोपपछि आउनसक्ने समस्या प्रभावकारी ढङ्गले समाधान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सो खोपको पहुँच देशभरमा ९५ प्रतिशतभन्दा माथि भएको सुनिश्चित हुनुपर्ने साथै अभियानको अवसरमा नियमित खोपको समेत सुदृढीकरण गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ध्रुव गिरीले बताउनुभयो ।
बालमृत्युको कारणमध्ये दादुरासमेत एक भएकाले यसबाट बालबालिकालाई बचाउन सरकारले उच्च प्राथमिकता साथ खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्राथमिकता कार्यक्रमभित्र खोप कार्यक्रम रहेको छ ।
यसैबीच स्वास्थ्य कार्यालय म्याग्दीले सञ्चालन गरेको स्थायी परिवार नियोजन स्वास्थ्य शिविर कोरोना भाइरसको जोखिमका कारण स्थगित भएको छ । सामाजिक विकास मन्त्रालयमा शनिबार बसेको बैठकको निर्णयअनुसार शिविर स्थगित गरिएको कार्यालयका परिवार नियोजन सुपरीवेक्षक नारायणप्रसाद रेग्मीले बताउनुभयो । रासस
News Desk 0 response आइतवार, चैत्र ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



