

-
सुर्खेत । कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई उच्च ध्यान दिँदै रगतको अभाव हुन नदिन यसको सङ्कलन थालिएको छ । पतञ्जली योग समितिले शनिबार प्रदेश अस्पतालमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्र (ब्लडबैंक)लाई आठ पिन्ट रगत उपलब्ध गराएको छ ।
सो समिति कर्णाली प्रदेशका महामन्त्री जनकबहादुर शाहीले रक्तदान शिविरबाट सङ्कलित रगत सो केन्द्रलाई उपलब्ध गराएको जानकारी दिनुभयो । “कोरोनाको जोखिमले उत्पन्न रगत अभावलाई अन्त्य गर्न रक्तदान कार्यक्रमको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “रक्तदानका लागि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी आवश्यक परे थप रगत सङ्कलन गर्न तयार छौँ ।” केन्द्रका प्रमुख दीपेन्द्र केसीले पछिल्लो समय कोरोना भाइरसको जोखिमले रक्तदान गर्नेको सङ्ख्यामा कमी आएको जानकारी दिनुभयो ।
केन्द्रमा हाल विभिन्न समूहको गरी करिब २० पिन्ट रगत उपलब्ध रहेको जनाइएको छ । पछिल्लो समय रगतको माग बढी र रक्तदान गर्ने कमी भइरहँदा रगत अभाव हुनसक्ने जनाइएको छ । कोरोनाको जोखिमले अस्पतालमा आएर स्वेच्छिक रक्तदान गर्नेहरुको सङ्ख्या कमी आएको बताइएको छ ।
News Desk 0 response आइतवार, चैत्र ९, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



