

-
बलेवा । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्री गर्दै आएको खुलेको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङसहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिवाङ सिटी क्लिनिकले म्याद गुज्रिएका औषधि बिक्री वितरण गरिरहेको भेटाएको हो ।
क्लिनिकमा भएका दश किसिमका औषधि सबैको म्याद गुज्रिएको फेला पारेको कार्यालय प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका सङ्घ संस्थाका प्रतिनिधि सम्मिलित अनुगमन समितिले उक्त क्लिनिकका औषधिको म्याद सकिएको भेटाएको थियो ।
म्याद गुज्रेका सबैखाले औषधि नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उक्त क्लिनिकलाई कारवाही गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा समेत कारवाहीका लागि सिफारिस गरिने उहाँले जानकारी दिनुभयो । क्लिनिक सञ्चालकलाई प्रशासनले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
जिल्ला सदरमुकामबाट अनुगमन निस्केको टोलीले काठेखोला गाउँपालिकाको दृश्यावलोकन स्तम्भ आसपासको बजार, गलकोट नगरपालिकाको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पेय पदार्थमा धेरै म्याद गुज्रिएका पाइएको श्रेष्ठले बताउनुभयो । उपभोक्ता हित विपरीत कारोवार गर्ने सबै व्यवसायीलाई आवश्यक चेतावनी दिइएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । टोलीले भेटेका सबै सामग्री नष्ट गरेको थियो । रासस
News Desk 0 response बुधबार, चैत्र ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



