

-
रारा । छिमेकी देश चीनबाट शुुरु भएको ‘कोभिड–१९’ संक्रमणबाट जोगिन मुगुका सीमा नाकामा ‘हेल्प डेक्स’ राखिने भएको छ । शुक्रबार जिल्लाका सरोकारवाला निकायको बसेको बैठकले गरेको निर्णयअनुसार छिमेकी देश चीनसँगै सीमा जोडिएका सीमा नाका नाक्चालाग्नालगायत जिल्ला भित्रिने प्रमुख प्रवेशद्वारामा ‘हेल्प डेक्स’ राखिने निर्णय गरिएको छ ।
मुगुुमा कोराना भाइरसको सङ्क्रमण हुन नदिन र भई हाले तत्काल स्वास्थ्य संस्थामा जान सल्लाह दिने गरी हेल्प डेक्स राखी जाँच गरिने भएको हो । हुम्लाबाट भित्रिने जिल्लाको सिमाना छायाँनाथ रारा नगरपालिका–१२ बामगाउँमा, जुम्लाबाट भित्रिने नाका छायाँनाथ रारा नगरपालीका–७ पिनागाउँमा, हवाई यातायातबाट भित्रिने रारा विमानस्थल ताल्चमा, बाजुराबाट भित्रिने खत्याड गाउँपालिकाको झुगालामा र चीनको सिमाना नजिकपर्ने गाउँ मुगुमा हेल्प डेस्कको स्थापना गरी जाँच गरिने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर रोकायाले बताउनुभयो ।
उहाँका अनुसार कोरोनाकाबारे पालिकास्तरमा पनि सचेतना कार्यक्रम गर्न पालिकालाई पत्रचार गरी सचेतना कार्यक्रम गर्न निर्देशित गरिएको छ । यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँड्दा, बोल्दासमेत हावाका माध्यमबाट सर्ने भएकाले सतर्कता अपनाउनसमेत समन्वय प्रमुख रोकायाले आग्रह सबैमा आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले कोराना भाइरसले विश्वभर विकराल रुप लिएकाले यसबाट सबै सचेत हुन आआफ्नो क्षेत्रबाट बच्ने उपायबारेमा पर्चा, पम्पलेट टाँसी प्रचारप्रसार गर्नुपर्ने र ग्रामीणस्तरसम्म सरसफाइमा ध्यान दिन सहयोग पुग्ने खालका जनचेतनामूलक कार्यक्रम गर्न सबैमा आग्रह गर्नुभयो । कोरानाभाइरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मुगुले पनि एक सूचना जारी गरी फागुन २८ गतेदेखि जिल्लाको सोरु गाउँपालिकाको सोरुकोटमा हुने एकीकृत घुम्ती शिविर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बताएको छ ।
नजिकै आएको फागुपूर्णिमा (होली) पर्व नमनाउन अनरोध गर्नुका साथै,भेला गोष्ठी, सेमिनार मेला महोत्सव, जात्रालगायत कार्यक्रम नर्गन आग्रह गरिएको छ । अति आवश्यक कामबाहेक लामो यात्रा नगर्न वा घर बाहिर जानैपर्ने भएमा आवश्यक सावधानी अपनाएर निस्कन, हात मिलाउँदा, नजिक बस्दा, हिँड्दा, बोल्दा हावाका माध्यमबाट सर्ने हुनाले साथीभाइसँग भेटघाट हुँदा हात नमिलाउन, टाढैबाट नमस्कार गर्न, मास्कलगाउन र साबुनपानीले नियमित हात धुन, भीडभाडमा नबस्न तथा नजान र सभासम्मेलनजस्ता कार्यक्रमन नगर्न भनिएको छ । रासस
News Desk 0 response शनिबार, फाल्गुन २४, २०७६

सम्बन्धित शीर्षकहरु
-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



