

-
बनेपा । पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियान शुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले बताउनुभयो ।
उहाँका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घ्यू वितरण गर्न शुरु गरिएको छ । “अभियानको पहिलो दिन १४ गर्भवती महिलालाई सो सामग्री वितरण ग¥यौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराएको विवरण सङ्कलन गरी त्यसका आधारमा वितरण प्रक्रिया थालनी गरेका छौँ ।”
गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिन सम्मका महिलालाई वडाले अण्डा र घ्यू उपहार दिने अभियान सञ्चालन भइसकेको वडाध्यक्ष तामाङले बताउनुभयो । त्यससँगै सुत्केरीपछिका दिनमा पनि बच्चा र आमालाई एक सेट कपडाका साथै खाना थालेपछि सर्वोत्तम पीठोको व्यवस्था गर्ने अभियानमा रहेको उहाँले बताउनुभयो । सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने अभियान शुरु भइरहेको वडाध्यक्ष तामाङको भनाइ थियो । रासस
News Desk 0 response मङ्लबार, फाल्गुन १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३



