

-
काठमाडौं ।
अर्थमन्त्रालय अनुगमन महाशाखा प्रमुख किशोरजंग कार्की निजामती किताबखानाको महानिर्देशक भएका छन् । त्यस्तै, एक महिनाअघि मात्रै अर्थमा तानिएका श्यामप्रसाद भण्डारी विमानस्थल कार्यालयको महानिर्देशकमा सरुवा भएका छन्। अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख केवलप्रसाद भण्डारी सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त सरुवा गरिएको छ। उनी सम्पत्ति शुद्धीकरण विभागबाट अर्थ मन्त्रालयमा आएका थिए। लाभको ठाउँमा सवैभन्दा धेरै बस्ने कर्मचारीको रुपमा उनी परिचित छन् । संस्थान समन्वय महाशाखाबाट गणेशप्रसाद पाण्डेको पनि सरुवा गरिएको छ। उनी अर्थबाट बाहिरिएर युवा तथा खेलकुद मन्त्रालयमा पुगेका छन्। त्यस्तै, अर्थबाट शंकर खरेललाई निर्वाचन आयोगमा पुर्याइएको छ। अनुगमन तथा मूल्यांकन महाशाखाका अर्जुनप्रसाद पोखरेल अहिले प्रशासन महाशाखामा छन् । मूल्यांकन महाशाखामा कसलाई पठाउने भन्ने विषयमा निर्णय गरिएको छैन। ठूला करदाता कार्यालयबाट अर्थमा आएका शोभाकान्त पौडेल पनि बाहिरिइसकेका छन्। उनी अहिले लोकसेवा आयोगमा पुगेका छन्। लोकसेवा आयोगबाट झंकप्रसाद आचार्य उद्योग वाणिज्य तथा आपूर्तिबाट मुकुन्द पौडेल पनि अर्थमा आएका छन्। निजामती किताबखानाबाट मनमाया भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट नारायण रेग्मी पनि अर्थमा तानिएका छन्। अर्थ मन्त्रालयले विभागहरूमा पनि सरुवा गरेको गरेको छ। त्रिभुवन विमानस्थल कार्यालयमा श्यामप्रसाद भण्डारीलाई पठाइएको छ। उनी एक महिना पहिले अर्थमा आएका थिए। त्यस्तै, विमानस्थल कार्यालयका महानिर्देशक नारायण सापकोटा उपमहानिर्देशकका रूपमा भन्सार विभागमा तानिएका छन्।
News Desk 0 response सोमवार, बैशाख ३१, २०७५

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


