

-
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ मा केन्द्रित एउटा नयाँ उच्चस्तरीय कार्यदल गठन गरेका छन् ।
‘सुपर इन्टेलिजन्स फोर्स’ नाम दिइएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नेछन् । अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको ह्वाइटहाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
ट्रम्पले गएको सेप्टेम्बर २९ मा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिसियल इन्टेलिजन्स (एआई) शब्द फेरेर ‘सुपर इन्टेलिजन्स’ अर्थात् (एसआई) राखेका थिए । आर्टिफिसियल भन्दा नक्कली जस्तो सुनिने उनको तर्क छ ।
यो निकायले सीधै राष्ट्रपति र ह्वाइट हाउसकी चिफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ ।
ओपनएआई र एन्थ्रोपिकसहितका प्रमुख प्रविधि कम्पनीका कार्यकारीहरूले कडा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो । तर ट्रम्पले कडा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरैजसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोडिदिएका छन् ।
खर्बपति एलन मस्कसहितका प्रविधि दिग्गजहरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन् ।
News Desk 0 response सोमवार, अशोज १९, २०८३

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३
-
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३ -
लुम्बिनीमा बिहानैदेखि भारी वर्षा
सोमवार, अशोज १९, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


