

-
काठमाडौं : चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा देशको वैदेशिक व्यापार ९ खर्ब ३७ अर्ब रुपैयाँभन्दा धेरै भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यो गएको आर्थिक वर्षको त्यही अवधिको तुलनामा ३३.३३ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको पहिलो चार महिनामा ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
चालू आर्थिक वर्षको चार महिनामा देशको व्यापार घाटा ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । यो गएको वर्षको तुलनामा २९.६५ प्रतिशतले धेरै हो ।
चार महिनाको अवधिमा आयात अघिल्लो वर्षको तुलनामा ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । यस्तै निर्यात ४३.४८ प्रतिशतलले बढेर १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।
लगातार बढ्दो क्रममा रहेको आयातमा भने कात्तिक महिनामा केही कमी आएको छ । असोज महिनामा २ खर्ब ४६ अर्ब आयात भएकोमा कात्तिकमा घटेर १ खर्ब ५६ अर्ब ३१ करोड रुपैयाँमा झरेको हो ।
चैत महिनायता पहिलो पटक मासिक आयात २ खर्ब रुपैयाँभन्दा तल झरेको भन्सार विभागले जनाएको छ ।
News Desk 0 response बुधबार, मंसिर १०, २०८३

सम्बन्धित शीर्षकहरु
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
गगन थापा नेतृत्वको नेपाली कांग्रेस निर्वाचन आयोगबाट..
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३
-
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३ -
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


