

-
काठमाडौं : प्रहरीले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई पक्राउ गरेर काठमाडौं ल्याएको छ । प्रहरीले अर्याललाई भारतमा पक्राउ गरेर सीमा क्षेत्र पार गरेपछि हवाईमार्गबाट काठमाडौं ल्याएको हो ।
गृह मन्त्रालय स्रोतले नेपाल–भारत सीमा क्षेत्रमा पक्राउ गरेको जनाएको छ । तर अर्याल निकटका अनुसार भारतको कोलकतामै पक्राउ गरिएको हो ।
मलेशिया पठाउने श्रमिकलाई ठगी गरेको कसुरमा अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो ।
यो प्रकरणमा यसअघि तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख एवम् सहसचिव उमेश ढुङ्गाना, राजीव पोखरेल र तत्कालीन कानून अधिकृत एवम् उपसचिव निर्मला गुरुङ पक्राउ परिसकेका छन् । उनीहरूमाथि मलेशिया सरकारसँग भएको सम्झौता विपरीत हुने गरी रकम सङ्कलन गरी ठगेको आरोप छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उनीहरूविरुद्ध जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो ।
News Desk 0 response बिहिबार, मंसिर ११, २०८३

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
‘वुल्कन’ रकेट प्रक्षेपण असफल, एमेजोनका ४० इन्टरनेट..
सोमवार, मंसिर १, २०८३


