• यमनका हूथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादमा रहेको अराम्को तेल प्रशोधन केन्द्रमाथि गरिएको आक्रमणको जिम्मेवारी लिएको छ ।

    बीबीसीका अनुसार हूथीहरूले क्षेस्यास्त्र तथा ड्रोनमार्फत् आक्रमण गरेका थिए । साउदी अरबले यमनको राजधानी साना र अरू क्षेत्रहरूमा आक्रमण गरेको र त्यसैको जवाफ स्वरूप आफूहरूले पनि आक्रमण गरेको हूथी विद्रोहीले बताएका छन् ।

    हिजो अराम्को तेल प्रशोधन केन्द्र नजिकै धुवाँ र आगोको मुस्लो देखिएको थियो । तर साउदी अरबका अधिकारीहरूले यो तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको अहिलेसम्म आधिकारीकरुपमा बताएका छैनन् ।

    साउदी सरकार स्वामित्वको अराम्को विश्वका ठूला ऊर्जा तथा रसायन कम्पनीहरूमध्ये एक हो ।

    बाह्र सय किलोमिटर लामो पाइपलाइनले विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरबलाई होर्मुज जलमार्ग प्रयोग नगरीकनै आपूर्ति गर्न मद्दत पुर्‍याउँदै आएको छ ।