

-
वालिङ । वालिङ नगरपालिका–५ ले गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन अण्डा र झण्डा वितरण थालेको छ ।
वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिनका आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक/एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पङ्गेनीले जानकारी दिनुभयो । “अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ”, उहाँले भन्नुभयो, “नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छाँै ।”
गर्भवती तथा जन्मिने शिशुको पोषण स्थितिमा सुधार ल्याउनका कार्यक्रम प्रभावकारी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।“गर्भवती महिलालाई ‘प्रोटोकल’ अनुसार गर्भ जाँच गर्न आउँदा अण्डा वितरण गर्ने थालनी वडाले गरेको छ । यो महत्वपूर्ण र प्रभावकारी छ”, उहाँले भन्नुभयो, “ गर्भ जाँच तथा संस्थागत सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुने र दुई वर्षसम्मका बच्चाको वृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्ने छ ।”
‘हातमा अण्डा घरमा झण्डा’ अभियानअन्तर्गत गर्भवतीको घरमा रातो झण्डा र बच्चा जन्मेदेखि दुई वर्षसम्मको घरमा हरियो झण्डा राख्न थालिएको छ । वडाले थालेको यो अभियान प्रभावकारी देखिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । “पोषणलाई ध्यानमा राख्दै आगामी दिनमा घरमै उत्पादन भएका सागपात तथा पशुपक्षीजन्य खाद्यपदार्थ उत्पादनतर्फ जोड दिनु जरुरी छ”, उहाँले भन्नुभयो, “आफ्नै घरमा उब्जाउन तथा उत्पादन गर्न सकेको खण्डमा दीर्घकालीन फाईदा पुग्न सक्ने भएकाले अब यतातिर पनि ध्यान दिनु आवश्यक छ ।” अभियानले गर्भवतीले नियमित स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने बानीको विकास विश्वास राखिएको छ । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३
-
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



