

-
पर्वत । जिल्ला अस्पताल पर्वतमा मानसिक रोगको उपचार सेवा शुरुआत भएको छ । गण्डकी मेडिकल कलेज पोखरा र पर्वत जिल्ला अस्पतालबीच सो सेवा सञ्चालन सम्बन्धी द्विपक्षीय सम्झौता भएको थियो । मानसिक रोगको विशेषज्ञ सेवासहितको उपचार सेवा बुधबारदेखि शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. शिशिर देवकोटा, अस्पतालका अध्यक्ष पहाडी, कलेजका प्राचार्य प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ र प्राडा टुमाया घलेले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता अनुसार जिल्ला अस्पतालमा सो रोग उपचार गर्न सो कलेजको तर्फबाट एक जना विशेषज्ञ प्रत्येक महिनाको १० गते, २० गते र महिनाको अन्तिम दिन आउनेछन् । दर्ता शुल्कका लागि रु २० शुल्क राखिएको छ ।
जिल्लामा मानसिक रोगका बिरामी बढ्दै जान थालेपछि अस्तालले सेवा विस्तार गरेको अध्यक्ष पहाडीले जानकारी दिनुभयो । कलेजका प्राचार्य प्राडा श्रेष्ठले ग्रामीण क्षेत्रमा सेवा विस्तार गर्न प्राथमिता दिएको जानकारी दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोजराज गौतमले मानसिक रोग एक पटक उपचार गरेर मात्र निको नहुने रोग भएका कारण निरन्तर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३
-
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३ -
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



