

-
विनाशकारी मनसुनी बाढी र पहिरोमा परी पाकिस्तानमा दुई सय जनाभन्दा धेरै अझै बेपत्ता रहेका छन् । पछिल्ला दिनहरूमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा अचानक आएको बाढीले तीन सय जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो खैबर पख्तुनख्वा प्रान्तका रहेका बीबीसीले जनाएको छ ।
सबैभन्दा धेरै प्रभावित बुनेर जिल्लाका एक स्थानीय अधिकारीले कम्तीमा दुई सय नौ जना अझै पनि बेपत्ता रहेका र यो सङ्ख्या बढ्न सक्ने आशङ्का गरेका छन् । बाढी र पहिरोका कारण सडकहरू गम्भीर रूपमा क्षतिग्रस्त भएकाले केहीले आफन्तहरूको शव दाबी गर्न पनि असमर्थ रहेका छन् ।
एक प्रान्तीय उद्धार प्रवक्ताले १० देखि १२ वटा गाउँ आंशिक रूपमा पुरिएका समाचार एजेन्सी एएफपीलाई बताएका खबरमा उल्लेख छ ।
जुन र सेप्टेम्बर महिनाको बीचमा हुने मनसुनी वर्षाले दक्षिण एशियाको वार्षिक वर्षाको झन्डै तीन चौथाइ हिस्सा ओगट्छ । पहिरो र अचानक बाढी आउनु सामान्य भए पनि वैज्ञानिकहरू जलवायु परिवर्तनले यी मौसमी घटनाहरूलाई अझ तीव्र र बारम्बार बनाइरहेको बताउँछन् ।
पाकिस्तानमा मनसुनी विपद्का कारण गएको जुन महिनायता कम्तीमा ६ सय ५० जनाको ज्यान गइसकेको छ ।
गएको जुलाई महिनामा पाकिस्तानको झन्डै आधा जनसङ्ख्या रहेको पञ्जाबमा अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशतभन्दा धेरै वर्षा र अघिल्लो मनसुन पूरै मौसमको तुलनामा बढी ज्यान गएको घटना रेकर्ड गरिएको थियो ।
News Desk 0 response आइतवार, भदौ १, २०८२

सम्बन्धित शीर्षकहरु
मध्यपूर्वमा एक हप्तादेखिको तनावका कारण त्यहाँ रहेका नेपाली र उनीहरूका आफन्त त्रासमा
शुक्रबार, फाल्गुन २२, २०८२-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



