

-
काठमाडौं : बर्षभरी काम गरेर थाकेको शरिलाई दशैंको लामो विदामा सुस्ताउन दिने प्रकृतिको मनोरम ठाउँ तनहुँको झाँगाझोली उत्कृष्ठ गन्तब्य बन्न सक्छ । प्रकृतिक छटाले सम्पन्न देखिने झाँगाझोली दशैंको विदामा पर्यटकहरूको आकर्षक केन्द्र बनेको छ। धार्मिक र प्राकृतिक सौन्दर्यले भरिएको गन्तव्यको झाँगाझोली दशैंको विदामा समेत विदा मनाउने ठाउँको रुपमा स्थापित हुँदै गएको छ।
पछिल्लो तीन वर्षमा यहाँ उल्लेख्य पूर्वाधार विकाससँगै झाँगाझोलीको मुहार नै फेरिएको छ। संघीय सरकारको उच्च प्राथमिकतामा परेको झाँगाझोली–दरगाउँ सडक र तीनखोले मार्गको स्तरोन्नति भएपछि यहाँको यात्रा सहज भएको छ। खैरेनीटार–झाँगाझोली सडक खण्ड कालोपत्रे भइसकेको छ भने झाँगाझोली–दरगाउँ सडकमा नियमित बजेट विनियोजन हुँदै आएको छ।
पृथ्वी राजमार्गको खैरेनीटारबाट जम्मा २.५ किलोमिटर दुरीमा पर्ने झाँगाझोली हरियाली जंगल, चिसो कुम्ले खोला, ऐतिहासिक कोट मन्दिर, तीनखोलेदेवी मन्दिर, घुमाउने झरना, चराचुरुङ्गीको बासस्थान लगायतका कारणले धार्मिक तथा जैविक पर्यटकीय क्षेत्रको रुपमा चर्चित बन्न थालेको छ।

पर्यटक आगमनमा समेत उल्लेखनीय वृद्धि भएको छ। झाँगाझोली भिलेज रिसोर्टका प्रबन्धक निर्देशक शंकर प्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षको चैत्रसम्म ३० हजारभन्दा बढी पर्यटक यहाँ पुगेका छन्। दैनिक तीन सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक झाँगाझोली पुग्ने गरेका छन्।
रात्रीकालीन बसोबासको माग बढेसँगै झाँगाझोली भिलेज रिसोर्टले आधुनिक, आरामदायी कोठाको संख्या विस्तार गरेको छ। हाल ४०-५० जनासम्मको समूहलाई सेवा दिन सक्ने सुविधासम्पन्न संरचना तयार गरिएको छ। त्यस्तै, रिसोर्ट परिसरमै फलफूलको बगैँचा, जडीबुटी उद्यान, लोपोन्मुख सामग्रीको संग्रहालय, सातै प्रदेशका विशेष वस्तुहरू राखिएको प्रादेशिक कोसेली घर जस्ता आकर्षणहरू थपिएका छन्।

झाँगाझोलीमा देखिएका नाराहरू “तनाव व्यवस्थापनका लागि झाँगाझोली”, “झाँगाझोली तनहुँ–एक अनुपम अनुभूति” यहा आउने जो कोहीले महसुस गर्ने गरेका छन्।
अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा स्थापित ‘गौरादेवी नेचुरल हर्बल पार्क’ जडीबुटी र चराचुरुङ्गीसम्बन्धी अध्ययन गर्न चाहनेका लागि यो क्षेत्र उपयुक्त गन्तव्य बन्ने सम्भावना देखिएको छ।
संक्षेपमा, झाँगाझोलीले धार्मिक, प्राकृतिक र शैक्षिक पर्यटनको उत्कृष्ट समन्वय गर्दै तनहुँको पर्यटकीय विकासमा नयाँ अध्याय थपेको छ।
News Desk 0 response बिहिबार, अशोज २९, २०८३

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


