

-
काठमाडौं : घटस्थापनाको १५ दिनअघि टिकट बुकिङ खुलाइने भएको छ भने भदौमा भाडादर बढाउने तयारी भएको छ ।
आइतबार प्रतिनिधिसभाअन्तर्गत भौतिक पूर्वाधार विकास समितिमा भएको छलफलमा बोल्दै यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारीले उक्त जानकारी दिए ।
उनले चाडपर्वमा हुने लाखौँको आवतजावतलाई सहज बनाउन सरोकारवालासँग छलफल गरेर छिट्टै बुकिङको मिति तय गरिने जानकारी दिए ।
‘चाडपर्वमा काठमाडौंबाट बाहिरिने यात्रुको सङ्ख्या लाखौँमा हुन्छ, उहाँहरूको यात्रा सहज बनाउनु हाम्रो मुख्य दायित्व हो,’ उनले भने, हामी घटस्थापनाभन्दा केही समय अगाडि नै बुकिङ खुला गर्ने गरी तयारीमा छौँ ।’
उनले बसपार्कमा हुने भिडभाड कम गर्न अनलाइन टिकट प्रणालीलाई बढीभन्दा बढी प्रोत्साहित गरिने बताए ।साथै यातायात व्यवसायीहरूसँग हालसम्म ठुलो विवाद नरहे पनि उनीहरूको मुख्य माग भाडा समायोजन रहेको स्पष्ट पारे ।
‘यातायात व्यवस्थापनमा निजी क्षेत्रको बढी लगानी पनि छ। लगभग ९९ प्रतिशत निजी क्षेत्रको यातायात व्यवसायीका गाडी व्यवसायीहरूको मुख्य माग भाडा समायोजन हो । यसमा ३५ प्रतिशत इन्धनको मूल्य र ६५ प्रतिशत पार्टपुर्जा, टायरजस्ता अन्य खर्चलाई आधार मानेर समायोजन गर्ने हाम्रो प्रक्रिया छ,’उनले भने, ‘भाद्र महिनामा भाडा समायोजन गर्ने नियमित प्रक्रिया अनुसार नै हामी यसमा तयारी गरिरहेका छौँ ।’
दशैंको यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन विभागले यातायात व्यवसायी महासङ्घ, ट्राफिक प्रहरी, सडक विभाग र स्थानीय प्रशासनसँग चरणबद्ध छलफल गर्ने तयारी गरेको छ ।
ुसडकको अवस्था के छ, कहाँ मर्मत आवश्यक छ भन्नेबारे सडक विभागसँग र सुरक्षा तथा अनुगमनका लागि ट्राफिक प्रहरी र स्थानीय प्रशासनसँग हामी निरन्तर समन्वयमा रहन्छौँ,’उनले भने ।
गत वर्षदेखि सडकको अवस्थाबारे तत्काल जानकारी आदानप्रदान गर्न बनाइएको ‘ह्वाट्सएप ग्रुप’ लाई यस वर्ष पनि प्रभावकारी बनाइने उनले जानकारी दिए ।आवश्यक परेको खण्डमा निजी सवारी साधनले मात्रै यात्रुको चाप थेग्न नसकेमा विगतमा जस्तै निजी विद्यालयका बस र साझा यातायातका बसहरूलाई समेत सञ्चालन गर्न अनुरोध गरिने उनको भनाइ छ ।
News Desk 0 response आइतवार, भदौ १, २०८२

सम्बन्धित शीर्षकहरु
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि निष्पक्ष छानबिन होस्’
शुक्रबार, अशोज २३, २०८३-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
कांग्रेस महाधिवेशनमा मतदानको समय बेलुका ७ बजेसम्म
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३
-
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
युरोप र चीन व्यापार युद्धको संघारमा
बिहिबार, अशोज २२, २०८३ -
दशैं–तिहारमा सस्तो दरमा हवाई टिकट उपलब्ध गराउने..
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस महाधिवेशनमा शुक्रबार बिहान ७ बजेदेखि मतदान
बिहिबार, अशोज २२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


