

-
बाँके । जिल्ला समन्वय समिति बाँकेले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको छ । बाँकेमा हात्तीपाइले रोगविरुद्ध खुवाइने औषधि सेवन गर्न सर्वसाधारणले आनाकानी गरेपछि जिल्ला समन्वय समिति बाँकेले सो निर्णग गरेको हो ।
समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले उक्त रोगविरुद्धको औषधि सेवन नगर्नेलाई स्थानीय तहबाट प्रदान हुने सेवासुविधा नदिने निर्णय गरेको बताउनुभयो । “पटकपटक आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर कठोर निर्णय गर्नुप¥यो”, उहाँले भन्नुभयो । शहरमा बसोबास गर्ने शिक्षित समुदाय नै औषधि सेवन गर्न नमान्ने गरेकाले कडा निर्णय गर्नुपरेको संयोजक श्रीवास्तवले बताउनुभयो । त्यसले गर्दा बाँकेमा हात्तीपाइले रोग निवारण अभियान अपेक्षाकृतरुपमा सफल हुन सकेको छैन । बाँकेको ग्रामीणभन्दा उपमहानगरभित्र औषधि सेवन गर्ने न्यून छन् । “सामान्य मात्रै होइन, शिक्षितले नै औषधि खान मान्दैनन्”, जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य अधिकृत अंगतबहादुर शाहीले भन्नुभयो, “यसले अभियान प्रभावित भइरहेको छ ।”
कोहलपुर र उपमहानगरपालिकामा हात्तीपाइलेको जोखिम उच्च छ । नवौँ पटक खुवाउँदा नियन्त्रण नभएपछि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान बाँकेमा दशौँ पटक आगामी शनिबार खुवाइँदैछ । बाँकेका चार लाख व्यक्तिलाई औषधि खुवाइनेछ ।
उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणाले शहरका शिक्षित व्यक्तिले औषधि सेवन नगर्दा रोग नियन्त्रणमा चुनौती देखिएकोले अभियान सफल बनाउन स्थानीय तह कडाइसाथ लागेको बताउनुभयो । डा राणाले औषधि खुवाउने दर बढाउने वडालाई पुरस्कृत गर्दै बजेट बढाउने घोषणा गर्नुभएको छ । रोग निर्मूल भइसक्नुपर्नेमा अवस्था डरलाग्दो देखिएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति दुर्गा गौतमले बताउनुभयो । प्रत्येक व्यक्तिसम्म औषधि नपुग्नु र विभिन्न डरत्रासका कारण सबैले औषधि प्रयोग नगर्नुले उपलब्धि हासिलमा समस्या देखिएको हो ।
औषधिको प्रयोगबारे फैलिएको गलत सूचना प्रमुख चुनौती भएको स्वास्थ्य अधिकृत शाहीले बताउनुभयो । यो औषधि खाँदा बिरामी हुने, वाकवाकी लाग्ने भन्ने गलत सूचना फैलिएकाले औषधि खान नमानेको उहाँको भनाइ थियो । विसं २०६७ देखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ । शुरुआतमा बाँकेमा ९१ प्रतिशतले औषधि खाएका थिए । रासस
News Desk 0 response बिहिबार, माघ २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



