

-
बुटवल । बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपछि सेवाग्राहीको आकर्षण बढेको छ । बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य अधिकृतले नियमित सेवा प्रदान गरिरहनुभएको छ । स्वास्थ्य सेवालाई थप सुदृढ तथा प्रभावकारी बनाइएपछि नगरवासीको आकर्षण बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।
केन्द्रबाट मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी प्रभावकारी सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५ मा केन्द्रबाट २१ हजार ४७३ र आव २०७५÷७६ मा १० हजारभन्दा धेरैले बहिरङ्ग सेवा लिएको जनाइएको छ । यस्तै स्वास्थ्य संस्था नभएका वडामा वडाक्लिनिक सञ्चालनमा ल्याइएको छ । आव २०७४÷७५ मा चार हजार ७०४ ले सेवा लिएकोमा गत आव ०७५÷७६ मा वृद्धि भई नौ हजार ५९० सेवाग्राही पुगेको तथ्याङ्क रहेको छ ।
उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा शुरु भएको सो कार्यक्रमअन्तर्गत हालसम्म एक हजार ३३२ ज्येष्ठ नागरिकले सेवा लिएका छन् ।
यस्तै पहिलो चरणमा सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ । गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामग्री सहयोग गरिएको छ । सो कार्यक्रमअन्तर्गत आव २०७५/७६ मा ७२० लाभान्वित भएका छन् । आव २०७४/७५ मा ७७० ले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५/७६ मा एक हजार ३१३ ले सेवा लिएका छन् ।
सो कार्यक्रमको प्रभावकारिता र सेवा प्राप्त गरेकाको अवस्था बुझ्न उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न पग्ने गर्नुभएको छ । उहाँले केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको जानकारी दिनुभयो । चारपटक गर्भजाँच गर्नेको सङ्ख्या पनि अघिल्लो वर्ष ३९५ रहेकोमा यस वर्ष ३२ प्रतिशतले वृद्धि भई ५२३ पुगिसकेको छ ।
सबै वडालाई पायक पर्ने गरी सञ्चालन गरिएका स्वास्थ्य संस्था तथा विभिन्न समयमा गरिने स्वास्थ्य शिविरमा हरेक वर्ष समुदायको आकर्षण बढ्दै गएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताउनुभयो । उहाँले स्वास्थ्य केन्द्रमा अझ आधुनिक उपकरण र दक्ष जनशक्ति थपेर सेवाप्रवाह प्रभावकारी बनाइने जानकारी दिनुभयो । रासस
News Desk 0 response बिहिबार, माघ २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



