

-
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ । अस्पताल प्रशासनले एउटा शल्यक्रिया कक्ष नजिक, एउटा आकस्मिक कक्ष र अर्को गेटबाट छिर्नासाथ पसल स्थापना गर्ने जनाएको छ । माथिल्लो तहमा रहेका पसलले अस्पतालमा रहेका बिरामीलाई थप सहज हुने अस्पतालका कामु प्रमुख मेडिकल सुपरटेन्डेन्ट प्रमोदकुमार यादवले बताउनुभयो । अस्पताल प्रवेश गर्नासाथको पसल यहाँका बिरामी मात्रै नभएर बाहिरबाट आएका बिरामीलाई समेत लक्षित हुने उहाँको भनाइ छ ।
अस्पतालले सहुलियत दरमा औषधि बिक्री गर्दासमेत त्यो रकम अस्पतालका लागि आन्तरिक आम्दानी हुनसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त आम्दानी अस्पतालले दैनिक ज्यालादारी कर्मचारीको सुविधामा वा अस्पतालकै लागि खर्च गर्न सक्नेछ । उहाँले भन्नुभयो, “बाहिर उपचार गराइरहेका बिरामीलाई समेत सहुलियतमा औषधि पाउने हुँदा सहज हुनसक्छ ।”
अस्पतालमा अहिले रहेको औषधि पसल बाहिरबाट देखिने ठाउँमा नभएकाले गेटबाहिरैबाट देखिने स्थानमा सार्ने तयारी भइरहेको पनि यादवले बताउनुभयो । बाहिर महँगो क्लिनिक वा नर्सिङ होममा उपचार गराइरहेका बिरामीसमेत सस्तो मूल्यमा औषधि किन्न अस्पताल आउने विश्वास गरिएको छ ।
विभिन्न खालका घाइतेको एकै ठाउँमा उपचार गर्ने उद्देश्यले स्थापना भएको सो अस्पताल विस्तार र स्तरोन्नतिको समेत तयारी भइरहेको छ । सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना हुँदा यसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै जाने लक्ष्य लिइएको अस्पताल प्रशासनले जनाएको छ । रासस
News Desk 0 response मङ्लबार, माघ २१, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



