

-
बलेवा । हात्तीपाइले रोग निवारणका लागि गरिएको दशकदेखिको प्रयास असफल भएपछि स्वास्थ्य कार्यालय बागलुङले फेरि अभियान चलाउने भएको छ । बागलुङको नारायणस्थानमा बढ्दो दरमा हात्तीपाइलेको सङ्क्रमण देखिएपछि कार्यालयले जिल्लाभरिका नागरिकलाइ औषधि खुवाउने तयारी गरेको हो ।
क्युलेस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको निवारण हुन एक प्रतिशतमा आइपुग्नु पर्छ तर नारायणस्थानमा केही वर्षअघि तीन प्रतिशत रहेकामा घटेर दुई दशमलब तीन प्रतिशत पुगेको थियो । गत वर्षदेखि फेरि बढेर झण्डै पाँच प्रतिशतमा उक्लेपछि औषधि खुवाउने काम गर्नु परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताउनुभयो ।
नेपालका ६३ वटा जिल्ला जोखिमको भेटिएकाले दुई करोड ५० लाख नागरिकलाई औषधि खुवाउनुपर्ने अवस्था भएको हो । माघ २५ गतेदेखि अभियान सञ्चालन गरिने तयारी गरिएको कार्यालयका हात्तीपाइले रोगसम्बन्धी फोकल पर्सन यम बरालले बताउनुभयो । विश्वका केही देशमा निवारण भएपछि धेरैजसो देशमा अझै जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । त्यसैले विश्वका ७१ मुलुकमध्ये ५० देशमा यो औषधि खुवाउने काम भइरहेको छ ।
लामखुट्टेले सक्रमितलाई टोकेपछि सार्ने भएकाले जोसुकै मानिस सङ्क्रमको जोखिममा रहन्छन् । तत्काल लक्षण नदेखिने भएकाले लामो समयपछि मात्र थाहा हुन्छ । हात, खुट्टा सुनिने, शरीरका जुनसुकै स्थानमा सङ्क्रमण देखिने, अण्डकोशहरु सुनिएर हाइड्रोसिल हुने जस्ता समस्या यो रोगमा हुने गर्छ । औषधि खाएपछि कम्तीमा एक वर्षका लागि सर्ने समस्या नहुने भएकाले निवारणको अवस्थामा लैजान पहल गरिएको बरालले बताउनुभयो ।
कार्यालयले अभियानको सफलताका लागि सञ्चारमाध्यम र पत्रकारको सहकार्य पनि बढाएको छ । यो अभियानमा साथ दिन सबैलाई आग्रह गरिएको छ । औषधि खुवाउने काममा कार्यालयले स्वास्थ्यकर्मी नै खटाउनेछ । पहिलो दिनमा तोकिएका खोप केन्द्रमा र दोस्रो दिनदेखि खोजी गरेर सबै नागरिकलाई औषधि खुवाउने कार्यक्रम राखिएको छ । रासस
News Desk 0 response शनिबार, माघ १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाडौंमा..
बुधबार, चैत्र २५, २०८२



