

-
डोटी । नेपाली सेना, रुद्रध्वज गणले यहाँको केआइसिंह गाउँपालिका वाइलमा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४१५ ले उपचार सेवा लिएका छन् । गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले स्वास्थ्यसेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहजरूपमा उपचार सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कान सुन्ने उपकरण , निःशुल्क औषधि वितरण, भिडियो एक्सरे, गर्भवती परीक्षण, स्त्रीरोग तथा दन्त परीक्षणसमेत गरिएको थियो । शिविरमा सबैभन्दा बढी कान, छाला, ढाड दुख्ने तथा रुघाखोकीका बिरामीको रहेको उपचारमा संलग्न प्राविधिक उपसेनानी डा यमुना थापाले जानकारी दिनुभयो ।
आफ्नै घरआँगनमा विशेषज्ञ सेवा पाउँदा खुशी भएको केआइसिंह गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “घरैमा निःशुल्क स्वास्थ्य सेवा पाएका छन्, यस्ता शिविर अन्य ग्रामीण बस्तीमा पनि विस्तार गर्नु जरुरी छ ।” बालरोग विशेषज्ञ डा ललित सुरी, फिजिसियन विशेषज्ञ डा उत्तम भट्ट, स्त्रीरोग विशेषज्ञ डा दुर्गा मर्हजन, प्राविधिक उपसेनानी डा बबिता सिलवाल र उपसेनानी डा थापाले सेवा प्रदान गर्नुभएको थियो । रासस
News Desk 0 response आइतवार, माघ १२, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



