

-
पर्वत । पर्वत सदरमुकाम कुश्माबजारमा सञ्चालित निःशुल्क मुटु रोग परीक्षण शिविरमा ४०० बढीको उपचार गरिएको छ । पर्वत अस्पतालको ३० औं स्थापना दिवस तथा छैटौं पर्वत महोत्सवका अवसर पारेर आयोजना गरिएको निःशुल्क मुटु शिविरमा ४०२ जनाले स्वास्थ्य लाभ लिएका हुन् । जसमध्ये १० जनाको मुटुको ‘शल्यक्रिया’ गर्नुपर्ने देखिएको छ । २१ जनाले नियमित जाँचमा बस्नु पर्ने अवस्था भेटिएको बरिष्ठ मुटृुरोग विशेषज्ञ डा.अनिल भट्टराईले जानकारी दिनुभयो ।
सो अवसरमा निःशुल्क इको, इसिजी र निःशुल्क औषधीसमेत वितरण गरिएको थियो । परीक्षणका क्रममा शल्यक्रिया गर्नुपर्नेका लागि विशेष छुटको व्यवस्था समेत मिलाइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईले बिरामीको परीक्षण गर्र्नुभएको हो । ‘सेभ द हार्ट’ नामक संस्थाले शिविरलाई सहयोग पु¥याएको थियो ।
महोत्सवको अवसर पारेर सञ्चालन गरिएको शिविरबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाका नागरिकले लाभ लिएका छन् । आर्थिक अभावका कारण लामो समयदेखि रोग पालेर बसेकालाई सहज भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो । उहाँका अनुसार शल्यक्रिया गर्नुपर्ने र फलोअप गर्नुपर्ने विरामीलाई पनि अस्पतालले सहजीकरण गर्ने भएको छ । रासस
News Desk 0 response शनिबार, माघ ११, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



