

-
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि नवजात शिशु र मातृमृत्यु दर शून्यमा झरेको छ ।बालबालिकालाई खोप लगाउने क्रम बढ्दो रुपमा रहेको छ । घर घर पुगेर खोप लगाउने कार्य शुरुआत गरिएपछि लक्ष्यभन्दा बढी खोप लगाइएको केन्द्रका अनमी उर्मिला जोशीले जानकारी दिनुभयो । कार्य क्षेत्रभित्र रहेका ८५ प्रतिशत भन्दा माथि बालबालिका खोपको पहुँचमा ल्याइएको उहाँले दाबि गर्नुभयो ।
केन्द्रमा वडा नं ६ र ७ का बासिन्दाले आवश्यक स्वास्थ्य सेवा सहज रुपमा पाएका छन् । परिवार नियोजनका साधन मात्रै उपलब्ध हुने केन्द्रमा हाल ३५ प्रकारका औषधि निःशुल्क रुपमा पाइने गरेको छ । अहिले केन्द्रमा दैनिक ४० भन्दा बढी स्थानीय बासिन्दा सेवालिन जाने गरेका छन् ।
स्थानीय दानी गिरीले घर नजिकै स्वास्थ्य सेवा र औषधि उपलब्ध हुँदा सहज भएको बताउनुभयो । यसैगरी शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि वडा नं १७ का बासिन्दाले सामान्य उपचारदेखि सुरक्षित मातृत्व सेवा पाउन थालेका छन । केन्द्रले वडा नं १७ देखि वडा नं ५, ११ र १२ का बासिन्दालाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँदै आएको छ । केन्द्रअन्र्तगत चार वटा गाउँ घर क्लीनिक पनि सञ्चालन रहेको छ ।
केन्द्रका अनमी सारदा सिंहका अनुसार एक वर्षको अवधिमै चार हजार ३०० ले सामान्य उपचार सेवा पाएका छन । ती मध्ये ९३२ ज्येष्ठ नागरिकले रहेका छन् । सुरक्षित मातृत्व सेवा ८८ र परिवार नियोजन सेवा ९६६ ले लिएका छन । एक हजार ४२ बालबालिकाले पूर्ण खोप सेवा पाएका छन् ।
भीमदत्त नगरपालिका–१९ मा शहरी स्वास्थ्य केन्द्र भवन रु १६ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ । भवन निर्माण भएपछि गर्भवती जाँच, खोप र औषधि वितरणको कार्य केन्द्रको भवनबाट हुँदै आएको छ । केन्द्रबाट वडा नं २, १५, १८ र १९ का दैनिक ७० बासिन्दा लाभान्वित हुँदै आएका छन् । नगरपालिकाका १९ वटै वडामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्वास्थ्य सेवको पहुँच पुगेको छ ।
नगरपालिकाको वडा नं ९ मा शहरी स्वास्थ्य केन्द्र भवन रु १० लाखको लागतमा निर्माण गरिएको छ । केन्द्रको अर्को भवन रु २५ लाखको लागतमा चालू आवमा निर्माण हुने वडा अध्यक्ष राम नाथले जानकारी दिनुभयो ।
टुँडिखेलमा रहेको गाउँघर क्लीनिक भवन रु १० लाख र खल्लामा रहेको गाउँ घर क्लीनिक भवन रु १२ लाखमा निर्माण गरिएका छन । स्वास्थ्य केन्द्र वडामा नहुँदा विगतमा स्थानीय बासिन्दा उपचारका लागि निकटवर्ती भारतीय बजार टनकपुर जानुपर्दथ्यो । सो वडाको जनसङ्ख्या १० हजार रहेको छ । नगरपालिकाका सबै वडामा सञ्चालनमा रहेका स्वास्थ्य केन्द्रमा सुरक्षित प्रसूतिका लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल १२ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् । रासस
News Desk 0 response शुक्रबार, माघ १०, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
बीपी राजमार्गमा हाइस दुर्घटना : चारजना घाइते,..
शनिबार, साउन २३, २०८३



