

-
चितवन । भरतपुर अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत चौध जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । विसं २०७४ भदौ १ गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएको थियो ।
प्रथम सेवा बिन्दुको रुपमा अस्पतालले बीमाका बिरामीलाई सेवा दिँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य बीमा लागू भएपछि पुसमसान्तसम्ममा ५३ हजार ४३८ बिरामीले बीमाको सुविधा प्राप्त गरेका छन् । तीनै बिरामीले अस्पतालमा दुई लाख ४४ हजार ९४२ पटक सेवा लिएको उहाँले जानकारी दिनुभयो । सबैभन्दा बढी चितवनका बिरामीले सेवा लिएका छन् । यसपछि मकवानपुर, तनहुँ र गोर्खा जिल्ला रहेका छन् । रोल्पा, रुकुम, पाल्पा, दाङ्, अर्घाखाँची, पर्सा, सिन्धुली, रामेछाप, कास्की र रौतहटका बिरामीले पहिलो सेवा बिन्दु र रेफरल सेवा विन्दुका रुपमा अस्पतालबाट सेवा लिएको जनाइएको छ ।
बीमा कार्यक्रमबाट अस्पतालले रु २६ करोड १२ लाख ५२ हजार २५८ प्राप्त गरेको छ । रु आठ करोड पाउन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले बीमा लागू भएका सरकारी अस्पतालमा भरतपुर अस्पतालको सेवा उत्कृष्ठ रहेको जानकारी दिनुभयो । स्वास्थ्य बीमा बोर्डले समयमा भूक्तानी नगर्दा सञ्चालनमा कठिनाइ भएको उहाँले बताउनुभयो ।
बोर्डका कार्यकारी निर्देशक रमेश पोखरेलले भरतपुर अस्पतालले धेरै बिरामीलाई सेवा दिएको बताउँदै सेवामा अरु बढी सुधार आवश्यक रहेको बताउनुभयो । जनशक्तिको अभावमा भुक्तानीमा केही ढिलाइ भएको भएको र छिट्टै भुक्तानी गरिने उहाँले जानकारी दिनुभयो ।
देशभरका ५० जिल्लाका २५ लाख जनताले स्वास्थ्य बीमा गरेका छन् । देशका सबै जिल्लामा बीमा कार्यक्रम कार्यान्वयनमा आउँदै छ । विसं २०७२ चैत्र २५ गते कैलालीबाट शुरु भएको बीमा कार्यक्रमअन्तर्गत पछिल्लो पटक यही माघ ७ गते धादिङमा ५०औँ जिल्लाको रुपमा बीमा कार्यक्रम कार्यान्वयनमा आएको छ । रासस
News Desk 0 response शुक्रबार, माघ १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



