

-
काठमाडौं । पछिल्लो एक दशकमा युवाहरुबीच ‘लिभ इन रिलेसनसिप’ धेरै लोकप्रिय छ ।
हालै भएको एक अनुसन्धानमा लिभ इन रिलेसनसिपमा रहने व्यक्तिहरुको वैवाहिक र यौन जीवन त्यति आनन्ददायक नहुने देखिएको छ । विवाहअघि एक साथ हुने प्रेम जोडीमा विवाहपछि यौनसम्बन्धमा त्यति धेरै रुची नहुने देखिएको हो ।
‘जर्नल अफ सेक्स रिसर्च’ मा प्रकाशित एक रिपोर्ट अनुसार लिभ इन रिलेसनसिपपछि विवाह बन्धनमा बाधिने जोडीमा पहिले जस्तो यौन जीवनमा मिठास हुँदैन ।
रिपोर्टमा विवाहपछि शारीरिक सम्बन्ध राख्नेहरुको तुलनामा यसरी सँगै बसेर विवाह गर्नेमा यौन चाहानामा उत्सुकता कम हुने गरेको उल्लेख गरिएको छ ।
करिब एक सय जोडीमा गरिएको शोधमा विवाहअघि पार्टनरसँग यौन सुखको आनन्द लिने मानिस विवाहपछि कम सन्तुष्ट हुन थाल्छन् ।
अध्ययनकर्ताका अनुसार यसको असर जोडीको यौन जीवनमा मात्रै नभएर सिंगो भविष्यको पूरै जीवनमा समेत पर्छ । सन् २०१८ मा जर्नल अफ म्यारिज एन्ड फेमिलीले पनि विवाह पनि सम्बन्ध विच्छेद गर्नेहरुमा यसरी लिभ इन टुगेदरमा बस्नेहरु बढी रहेको पाइएको थियो ।
न्युयोर्कका एक सेक्सोलोजिस्ट लोगन लेभकाफले भने, ‘जब दुई व्यक्ति लिभ इन टुगेदरमा आउने निर्णय गर्छन् । त्यस समयमा उनीहरुको सम्बन्धमा उदारचढाब पनि आउँछ । त्यसकारण विवाहपछि उनीहरुमा यौनप्रति रुची कम हुँदै जान्छ । ’
लिभ इन रिलेसनसिपका क्रममा उनीहरुमा जिम्मेवारीसँगै केही तनाव पनि हुन्छ । शोधअनुसार लामो समय लिभ इन टुगेदरमा बसेका जोडीको तुलनामा छोटो समय लिभ इन टुगेदर बसेका जोडीमा यौन सन्तुष्टिको मात्रा बढी पाइएको छ ।
तर करिब चार वर्षको समयमा नै उनीहरुको यौन जीवनमा पहिलेको तुलनामा समस्या आउन थालेको देखिएको छ ।
लेवकाफ भन्छन्, ‘कसैसँग बस्नु नराम्रो होइन । नयाँ सम्बन्धको नक्कल गर्नु कुनै नयाँ तरिका होइन । यदि तपाई लामो समयसम्म एकसाथ बस्नुभयो भने केही बदलाव गर्न सक्नुहुन्छ रु हो, तर यसको मतलव तपाई अर्को पटक ‘कनेक्ट’ गर्नै सक्नुहुन्न भन्ने चाँहि होइन ।’
News Desk 0 response शुक्रबार, माघ ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
एकैसाथ ४२ उपसचिवको सरुवा, को कहाँ ?
शनिबार, असार २०, २०८३



