

-
राजविराज । जिल्लाको अतिविकट मानिएको सप्तरीको बलान बिहुल गाउँपालिका–१ स्थित मल्हनियामा स्वास्थ्यचौकीको निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ ।
मल्हनिया निवासी गुलावदेवी यादवले स्वास्थ्यचौकी निर्माणका लागि सात कट्ठा जग्गा निःशुल्क प्रदान गरेपछि शहरी विकास मन्त्रालयको अनुदानमा रु दुई करोड ६० लाख ३० हजारको लागतमा उक्त स्वास्थ्यचौकी निर्माण गरिएको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिनुभयो ।
यस्तै आवतजावतका लागि मूल सडकदेखि नवनिर्मित भवनसम्म सडक निर्माणसमेत गरिएको छ । झण्डै रु २० लाखको बजेटमा गाउँपालिकाले सो ढलान सडक निर्माण गरेको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रबाट सधैँ पछाडि रहेको मल्हनियामा निर्माण सम्पन्न भएको दुई तले भवनमा छ कोठा, १० शौचालय र तीन काउण्टर रहेका अध्यक्ष गोइतले बताउनुभयो ।
नेपाल सरकारबाट सात जनाको दरबन्दी र करारमा एक गरी उक्त स्वास्थ्यचौकीमा आठ कर्मचारी रहेका छन् । एक हेल्थअसिस्टेन्ट, एक सिनियर अहेब, दुई अहेब, तीन अनमी र एक कार्यालय सहयोगी छन् । सो स्वास्थ्यचौकीबाट २४ सैँ घण्टा बर्थिङ सेवाका साथै नेपाल सरकारको नियमअनुसार स्वास्थ्यचौकीबाट प्रदान गरिने सबै सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।
निर्माण सम्पन्न भएको स्वास्थ्यचौकीको जग्गादाता गुलाबीदेवी, उहाँका छोरा डा चन्द्रनारायण यादव, गाउँपालिकाका अध्यक्ष गोइत, उपाध्यक्ष रुवी गुप्ताले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सो क्रममा स्वास्थ्यचौकीका लागि निःशुल्क जग्गा दिने जग्गादाता गुलाबदेवी र उहाँका छोरा डा यादवलाई सोही कार्यक्रममा कदरपत्र र दोसल्ला ओढाइ गाउँपालिका अध्यक्ष गोइतले सम्मानसमेत गर्नुभएको थियो । रासस
News Desk 0 response बुधबार, पुस २३, २०७६

सम्बन्धित शीर्षकहरु
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा..
बिहिबार, असार २५, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने..
शुक्रबार, असार २६, २०८३ -
अवदेखि नजिकको जिल्ला वा इलाका प्रशासन कार्यालयबाट..
शुक्रबार, असार २६, २०८३ -
नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ६..
बिहिबार, असार २५, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त
बुधबार, असार २४, २०८३



