

-
सोल । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो राजनीतिक दलका उच्चस्तरीय नेताहरुसँग छलफल गर्नुभएको समाचारमा जनाइएको छ । संयुक्त राज्य अमेरिकासँगको उच्चस्तरीय आणविक वार्ता गर्ने यसअघिको सहमति बमोजिम वार्ता स्थगित गरिएको अवस्थामा उहाँले राजनीतिक दलका उच्च नेताहरुसँग गरेको यो छलफललाई अर्थपूर्ण रुपमा लिइएको पनि समाचारमा जनाइएको छ ।
यो वार्तामा के कस्ता विषयमा छलफल भएको छ भन्ने बारेमा व्यापक मात्रामा चासो बढेको सोलबाट प्राप्त भएको समाचारमा जनाइएको छ । उक्त बैठक शनिबारबाट शुरु भएको र आइतबार पनि जारी रहेको बताइएको छ । यस बैठकमा कतिपयले अमेरिकासँग गर्ने भनिएको यस अघिको उच्चस्तरीय आणविक वार्ताको बारेमा कुराकानी भएको अनुमान गरेका छन् ।
तर कतिपयले भने उक्त बैठकमा यस विषयमा नभएर अर्काे आणविक परीक्षणको तयारीको बारेमा छलफल भएको पनि अनुमान गरेका छन् । उत्तर कोरियाले केही दिन अघि आणविक परीक्षण गरेको थियो ।
त्यस समयमा उत्तर कोरियाले अमेरिकाले आगामी क्रिसमसमा कस्तो उपहार खोजेको हो भनी प्रश्न गर्दै यदि उसले खोजेको उपहार यस्तै प्रकारको आणविक परीक्षण पनि हुनसक्ने भनी धम्की दिएको थियो ।
त्यसैले यो शनिबारबाट शुरु भएको उक्त बैठकमा उत्तर कोरियाली सरकारले आणविक परीक्षण गर्नसक्ने र सो विषयमा कुराकानी भएको हुनसक्ने अनुमान धेरैले गरेका समाचारमा जनाइएको छ । उत्तर कोरियाली सरकारी समाचार समिति के सि एनएले भने उत्तर कोरियाको सत्तारुढ वर्कस् पार्टीले प्रतिरक्षाको विषय तथा देश निर्माणका अरु विभिन्न महत्वपूर्ण विषयवस्तुहरुमा कुराकानी गर्ने जानकारी दिएको छ ।
यो वर्षको शुरुवातमै कम्बोडियाको राजधानी हनोइमा भएको उच्चस्तरीय वार्तापछि अमेरिकासँगको यस्तो वार्ता भएको छैन । त्यस वार्तामा उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वार्ता भएको थियो ।
त्यस वार्तामा उत्तर कोरियाले आणविक परीक्षण नगर्ने तथा निशस्त्रीकरणका विषयमा सहमति भएको बताइएको थियो । तर उत्तर कोरियाले सो सहमति पालना नगरेको बताइएको छ । तर उत्तर कोरियाले भने अमेरिकाले आफूमाथि लगाएको नाकाबन्दी जारी राखेको भन्दै वार्तामा अघि सारिएका शर्तहरुको पालना अमेरिकी पक्षबाट नभएको बताउने गरेको छ । रासस/एएफपी
News Desk 0 response आइतवार, पुस १३, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३ -
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३



