

-
काठमाडौँ । नेपाल भ्रमण वर्षलाई सफल पार्न ठूला तारे होटलसँगै साना रेस्टुरेन्ट तथा बारहरुले पनि महत्वपूर्ण योगदान दिनसक्ने सम्बन्धित व्यवसायी तथा विज्ञहरुले बताएका छन् । रेस्टुरेन्ट तथा बार एशोसिएशन नेपाल(रेवान) र सेफ एशोसिएशनको संयुक्त आयोजनामा भएको आतिथित्यता(हस्पिटालिटी) तथा खाद्य सुरक्षासम्बन्धी कार्यशालाका सहभागी वक्ताहरुले भ्रमण वर्ष सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
News Desk 0 response शनिबार, मंसिर २८, २०७६
कार्यशालामा रेवानका अध्यक्ष अरनिको राजभण्डारी र सेफ एशोसिएशनका संस्थापक अध्यक्ष पुष्प थापाले नेपाल भ्रमण नेपालको पर्यटन विकामा महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै नोपल आउने विदेशी पर्यटक र स्वदेशी पर्यटकलाई स्वच्छ र गुणस्तरीय खाद्यवस्तु खान पाउने सुनिश्चित गर्न आफूहरु गम्भीर रहेको बताउनुभयो । महिला उद्यमी राज्यलक्ष्मी शाक्यले ‘अतिथि देवो भवः’को संस्कारमा हुर्किएका नेपालीले भ्रमण वर्षलाई अवसरको रुपमा लिएको र सरकारले पनि सम्बन्धित सबै व्यवसायीसँग समन्वय गरी अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।
सो अवसरमा एआइटिएम कलेजका प्राचार्य वसन्त जोशीले स्वस्थ्कर खाद्य उत्पादन र सुरक्षा, गेट कलेजका कार्यकारी प्रमुख खेम लाखैले रेस्टुरेन्ट सञ्चालन र फुडमाडौँका कार्यकारी प्रमुख निदान श्रेष्ठले अनलाइन रेस्टुरेन्ट व्यवसायको अवसरसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
रेवानका पूर्व अध्यक्ष किशोरराज पाण्डले आतिथ्यताका क्षेत्रमा आफूले सँगालेका अनुभवहरु राख्नुभएको थियो । कार्यशालामा रेस्टुरेन्ट सञ्चालक, सेफ तथा व्यवस्थापन अधिकृत गरी करीब ८० जनाको सहभागिता रहेको थियो । रासस

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३



