

-
अर्कैै विषयमा छानबिन गर्दा छानबिन गर्न खोजिएको भन्दा गम्भीर तथ्यको खुलासा भएको छ ।
News Desk 0 response बिहिबार, मंसिर २६, २०७६
खराब कर्जाको धन्दा लुकाउन विभिन्न बैंक तथा वित्तीय संस्थाको दौडधुप चलिरहन्छ । यसक्रममा यस्तो काममा कदापि छैन भनिने गरिएको नेपाल इन्भेष्टमेण्ट बैंकको नाम पनि चुहिएको छ । र, यो धन्दा चलाएका छन्, राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ।
बैंकहरूले सर्वसाधारणबाट उठाएको निक्षेप विभिन्न क्षेत्रमा लगानी गर्छन् र त्यो लगानी डुब्दा बैंक मात्र डुब्दैन, निक्षेपकर्ता पनि मारमा पर्छन् । त्यस्तो काम इन्भेष्टमेण्ट बैंकले गरेको कुरा डेपुटी गभर्नरको शंकास्पद गतिविधि छानबिनका लागि गठित समितिले दिएको रिपोर्टबाट खुलेको हो । इन्भेष्टमेण्टले अर्बौं रुपैयाँको खराब कर्जालाई पनि असल कर्जा उल्लेख गरेको ‘चुरो’ तर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ । स्रोतका अनुसार निरीक्षण टोलीले रिपोर्टमा खराब कर्जा बराबरको रकम तत्काल प्रोभिजन गर्न निर्देशन दिएपछि बैंकको नेतृत्व तनावमा परेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) विपरीत बैंकका सिइओ ज्योतिप्रकाश पाण्डे र अध्यक्षले करोडौं कारोबार गरेकोसमेत देखिएकाले नियमनकारी निकायले दफा १०० बमोजिम कारबाही गर्नुपर्ने अडानमा निरीक्षण टोली टसकोमस भएन । तर, समस्या सामसुम पार्न भन्दै राष्ट्र बैंकको नेतृत्वले एकाएक सुपरिवेक्षण विभागको प्रमुुख नै परिवर्तन गरेर केही महिनाअघि गलत बाटो अपनायो । अहिले त्यही समस्या सामसुम पार्न अपनाइएको भनिएको गलत बाटो नै इन्भेष्टमेण्ट बैंक र राष्ट्र बैंकलाई गलपासो बन्दै गएको छ ।
उता, हिमालयन बैंकमा पनि सिइओ अशोक राणा आफ्नै गलत कार्यले समस्यामा परेका छन् । त्यहाँ पनि राष्ट्र बैंकको टोलीले राणाले विदेशबाट ल्याउने ऋणको प्रक्रियापूर्व बैंक सञ्चालक समितिको स्वीकृति नै नलिएको कैफियत जनाएपछि समस्या नयाँ मोडमा पुगेको हो । सिइओ र अध्यक्षबीच लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको अवस्थामा नियमनकारी निकायको पछिल्लो कैफियतले आफ्नो पद धरापमा पर्ने भन्दै राणाले हारगुहार गरेको समेत स्रोतको दाबी छ । इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयसमशेरका ज्वाइँँ हुन् भने अशोकचाहिँ छोरा ।

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



