

-
इटहरी । इटहरी उपमहानगरपालिकाले बाख्रा पालक कृषकलाई लक्षित गरेर १४ वोयर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकालाल चौधरीले नेपालमै उन्नत मानिने वोयर जातका बोका वितरण गर्नुभएको हो ।
करीव रु १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको छ भने प्रति बोका रु ५० हजार उपमहानगरको अनुदान तथा थप रकम कृषकको लगानी रहेको उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो । नगरप्रमुख चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको बताउनुभयो ।
उहाँले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागि परेको बताउनुभयो । वडा नं १७ का अध्यक्ष भगवान्लाल साहुले अब धान र गहँु खेती गरेर मात्र नहुने भएको कारण कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो । इटहरी वोयर बाख्रापालन समूहका अध्यक्ष राजु बस्नेतले स्थानीय सरकारले कृषकलाई उन्नत जातका बोका वितरण गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, मंसिर २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाडौंमा..
बुधबार, चैत्र २५, २०८२



