

-
काठमाडौं : चीनसँगका मुख्य दुई नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ ।
भदौ १० गतेको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरला नाका मात्र सञ्चालनमा छ ।
नाका फेरिएसँगै नजिकिँदै गरेका चाडबाडका बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।
तातोपानीबाट काठमाण्डौसम्म सामान ल्याउँदा प्रतिकन्टेनर ७५ हजार र रसुवागढीबाट डेढ लाख रुपैयाँ ढुवानी खर्च लाग्ने गरेकोमा ४०० किलोमिटरभन्दा धेरै दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झन्डै ४ लाख रुपैयाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन् ।
यसका साथै जोमसोमभन्दा माथिको सडक कच्ची र अप्ठेरो भएकाले पनि ढुवानीमा थप सास्ती र ढिलाइ हुने देखिएको छ ।
चीनले सडक मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन । व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन् ।
रसुवागढी नाका तत्काल खुलाउन सम्भव छैन । तातोपानी नाका नखुलाए दशैँ, तिहारलगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ्न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले बताए ।
News Desk 0 response आइतवार, भदौ २१, २०८३

सम्बन्धित शीर्षकहरु
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको दुग्ध विकास संस्थान
शुक्रबार, कार्तिक १४, २०८३-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा
बिहिबार, कार्तिक १३, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपालमा फेरी इन्धनको मूल्य फेरि बढ्ने संकेत
बिहिबार, कार्तिक १३, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
एनपीएल : पोखरालाई हराउँदै सुदूरपश्चिम विजयी
बुधबार, कार्तिक १२, २०८३ -
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा
बुधबार, कार्तिक १२, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
प्रधानमन्त्रीद्वारा एनपीएल तेस्रो सिजनको खेल उद्घाटन
सोमवार, कार्तिक १०, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


