

-
काठमाडौं : चीनसँगका मुख्य दुई नाका रसुवागढी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ ।
भदौ १० गतेको बाढीपछि रसुवागढी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरला नाका मात्र सञ्चालनमा छ ।
नाका फेरिएसँगै नजिकिँदै गरेका चाडबाडका बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।
तातोपानीबाट काठमाण्डौसम्म सामान ल्याउँदा प्रतिकन्टेनर ७५ हजार र रसुवागढीबाट डेढ लाख रुपैयाँ ढुवानी खर्च लाग्ने गरेकोमा ४०० किलोमिटरभन्दा धेरै दूरीमा रहेको कोरला नाकाबाट ल्याउँदा झन्डै ४ लाख रुपैयाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन् ।
यसका साथै जोमसोमभन्दा माथिको सडक कच्ची र अप्ठेरो भएकाले पनि ढुवानीमा थप सास्ती र ढिलाइ हुने देखिएको छ ।
चीनले सडक मर्मत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन । व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरलाबाट आएका सामान सोझै चोभार सुक्खा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन् ।
रसुवागढी नाका तत्काल खुलाउन सम्भव छैन । तातोपानी नाका नखुलाए दशैँ, तिहारलगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ्न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले बताए ।
News Desk 0 response आइतवार, भदौ २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



