

-
बेझाड । जिल्लाको पूर्वी भागमा अवस्थित दुर्गम क्षेत्रमा पर्ने निस्दी गाउँपालिका–३ झिरुवामा स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको रु दुई करोडको लागतमा दुईतले १६ कोठासहितको नयाँ भवन निर्माण सम्पन्न भएको हो । विसं २०७३ मा शिलान्यास भएको भवन बनेपछि स्थानीयमा खुशियाली छाएको छ ।
यस स्वास्थ्यचौकीबाट यहाँका करिब पाँच हजार नागरिक लाभान्वित हुनेछन् । यस स्वास्थ्यचौकीमा हाल एक अहेव, एक अनमीसहित चार जना कर्मचारी कार्यरत छन् । सात जनाको दरबन्दी रहेको स्वास्थ्यचौकीमा कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या परेको छ ।
पुरानो जीर्ण भवनबाट सेवा दिन समस्या परेपछि तीन वर्षसम्म कबुलियती वनको अम्रिसो सङ्कलन भवनबाट सेवा दिन बाध्य रहेको स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष लक्ष्मीप्रसाद पाटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी र भवन अभावमा यसभन्दा अघि प्रसूति सेवा दिन नसकिएको र अब नयाँ भवन बनेपछि कर्मचारी व्यवस्थापन गरेर छिट्टै नै प्रसूति सेवा सञ्चालन गर्नेछौँ । ”
भवन जीर्ण भएपछि यहाँका स्थानीय, साविक गाविसको सहयोग र समन्वयमा करिब पाँच रोपनी जग्गाभित्र नयाँ भवन बनेको छ । गाउँपालिकाका सात वडामध्ये वडा नं ३, ५ र ७ मा प्रसूति सेवा सञ्चालन हुन सकेको छैन । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा प्रसूति सेवा सञ्चालन नभएका तीनवटै वडामा छिट्टै नै प्रसूति सेवा सञ्चालन गर्ने कार्यक्रम अगाडि सारेको छ ।
गाउँमा रहेको स्वास्थ्यचौकीबाट प्रसूति सेवा सञ्चालन नहुँदा पैदल करिब डेढ घण्टाको बाटो हिँडेर मित्याल स्वास्थ्यचौकीमै पुग्नुपर्ने बाध्यता छ । यहाँका नागरिकलाई स्वास्थ्य संस्थामा आउन जान निकै कष्ट छ । अब भने नयाँ भवन निर्माण भएसँगै सेवामा सहजता आउने स्थानीयले आशा गरेका छन् । रासस
News Desk 0 response सोमवार, मंसिर २३, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३



