

-
वालिङ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकामा कार्यरत ३८ जना महिलालाई प्रोत्साहनस्वरुप निःशुल्क स्वास्थ्य बीमा गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
“स्वास्थ्यका क्षेत्रमा महिला स्वयंसेविकाको योगदान महत्वपूर्ण छ”, अध्यक्ष सुवेदीले भन्नुभयो, “उहाँहरुको योगदानलाई आगामी दिनमा थप प्रोत्साहन दिन गाउँपालिकाले आगामी हिउँदे सभाबाट निर्णय गरी सबै महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।” फेदीखोला गाउँपालिकाले देशमै पहिलोपटक स्थानीय तहमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहनस्वरुप वार्षिक रु आठ हजार २५० उपलब्ध गराउँदै आएको अध्यक्ष सुवेदीले बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर सर्वसुलभरुपमा स्वास्थ्यसेवा पु¥याउने उद्देश्य रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताउनुभयो ।
फेदीखोला गाउँपालिकाले १६औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसमा वर्षभरिको कार्यसम्पादन तथा सम्बन्धित स्वास्थ्यचौकीको मूल्याङ्कन गर्दै चार जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको स्वास्थ्य शाखाका संयोजक खिलप्रसाद पौडेलले बताउनुभयो ।
यस वर्ष फेदीखोला स्वास्थ्यचौकीकी स्वयंसेविका प्रेमकुमारी सुवेदी, आरुखर्क स्वास्थ्यचौकीकी स्वयंसेविका डबलकुमारी गुरुङ, भाटखोला स्वास्थ्यचौकीकी स्वास्थ्य स्वयंसेविका मिठू थापा र बाङ्गेफड्के स्वास्थ्यचौकीकी स्वास्थ्य स्वयंसेविका टीकाश्री गुरुङ सम्मानित हुनुभएको फेदीखोला गाउँपालिकाले जनाएको छ । रासस
News Desk 0 response शनिबार, मंसिर २१, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३



