

-
सोल । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निःशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका उपप्रवक्ता किम इयोन हानले शुक्रबार राजधानी सोलमा आयोजित पत्रकार सम्मेलन सो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो– आणविक कार्यक्रम र निःशस्त्रीकरणका विषयमा अमेरिका र उत्तर कोरियाबीच सहमति कायम भएको छ भन्ने लाग्दैन, उनीहरु अझै पनि यस विषयमा वार्तामा नै छन् । यस विषयमा हालैमात्र पनि उत्तर कोरियाले आफ्नो धारणा सार्वजनिक गरेको थियो । उत्तर कोरियाले पनि अमेरिकासँग सहमति हुन नसकेको आशय व्यक्त गरेको थियो ।
तर दक्षिण कोरियाले भने अमेरिका र उत्तर कोरियाबीच यस विषयमा वार्ता होस् भन्ने चाहेको उहाँको भनाई थियो । उत्तर कोरिया र अमेरिकाबीच शान्तिवार्ता होस् र दिगो शान्तिका लागि पहल होस् भन्ने पक्षमा दक्षिण कोरिया रहेको छ– उपप्रवक्ता किम इयोन हानले शुक्रबार सोलमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ।
हालैमात्र एकजना उत्तर कोरियाली मन्त्रीले पनि यसै आशयको भनाई सार्वजनिक गर्नुभएको थियो । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईको विरोध गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका विरुद्धमा सैन्य शक्ति पनि प्रयोग हुन सक्ने भन्दै यसको सम्भावनाको बारेमा धारणा राख्नुभएको थियो ।
सो विषयमा उत्तर कोरियाले अमेरिकाको विरोध गरेको छ । गत मङ्गलबार उहाँले नेटोको बैठकका क्रममा सो धारणा राख्नुभएको थियो । तर यस भनाईको उत्तर कोरियाले व्यापक विरोध गरेको छ । राष्ट्रपति ट्रम्पले सकेसम्म यस्तो सैन्य शक्तिको प्रयोग उत्तर कोरियाको विरुद्धमा गर्नु नपरोस् यदि गर्नुपर्यो भने पनि अमेरिकाले गर्नेछ भनी टिप्पणी गर्नुभएको थियो ।
अमेरिका र उत्तर कोरियाको यो भनाई पछि शुक्रबार यता दक्षिण कोरियाको तर्फबाट पनि यस्तो भनाई सार्वजनिक भएको छ । यसैका आधारमा दक्षिण कोरियाले उत्तर कोरिया र अमेरिकाका बीचमा निःशस्त्रीकरणका बारेमा कुरा नमिलेको अनुमानसहितको यो धारणा राखेको हो ।
केही दिनमात्र अघि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि उत्तर कोरियाले आणविक कार्यक्रम त्यागेर निःशस्त्रीकरणमा नजाने हो भने संयुक्तराज्य अमेरिकाले उसमाथि नाकाबन्दी लगाउने बताउनुभएको थियो ।
अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा भएको पहिलो चरणको शिखर वार्तामा उत्तर कोरिया निःशस्त्रीकरणको विषयमा सहमत भएको बताइएको थियो । तर पनि उत्तर कोरियालाई आणविक शस्त्र मुक्त बनाउने पक्षमा भने कुनै काम नभएको अमेरिकाको आरोप छ । तैपनि आफूहरू सोही प्रक्रियामा भएको उत्तर कोरियाको भनाई छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत फेब्रुअरीको २७ र २८ तारिखमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो ।
सो शिखर वार्तामा कुनै उल्लेखनीय विषयमा सहमति नभए पनि वार्ता भने सौहार्दपूर्ण नै भएको बताइएको थियो । हनोई वार्ता सकारात्मक र प्रगतिउन्मुख रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि प्रतिक्रिया दिनुभएको थियो ।
पहिलो चरणको वार्तामा निःशस्त्रीकरणको प्रतिबद्धता अघि सारेको उत्तर कोरियाले भने सोही बमोजिम काम गरिरहेको बताइरहेको भएपनि त्यसमा कुनै प्रगति हुन नसकेको अमेरिकी भनाई छ । रासस/सिन्ह्वा
News Desk 0 response शुक्रबार, मंसिर २०, २०७६

सम्बन्धित शीर्षकहरु
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३
-
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



