

-
काठमाडौं : नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाएपछि त्यहाँ सवारीसाधन सञ्चालनमा आएको छ । उक्त सडकखण्डका अन्य ७ स्थानमा भने पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा पहिरो सफा गरिएसँगै सवारी साधन आवतजावत गर्न सकिने अवस्था बनेको हो । सडकको भित्तातर्फ खसेको पहिरो पन्छाएर सवारी चलाइए पनि छेउको गेबियन वाल (पर्खाल) भने खसेको छ ।
यद्यपि, मुख्य ट्रयाक भन्दा २ देखि ३ मिटर जग्गा अझै बाँकी रहेको र सडकमा ठुला धाँजा ९क्र्याक० नदेखिएकाले तत्कालका लागि सवारी सञ्चालन गर्न सकिने उनले जानकारी दिए ।
‘कृष्णभीरमा सडक मुनिको पर्खाल खसे पनि मुख्य ट्र्याक जोगिएको छ र पहिरो सफा भएपछि सवारीसाधन चल्न थालेका छन्,’ सूचना अधिकारी मिश्रले भने, ‘तर निरन्तर वर्षा भइरहे थप पहिरो जाने वा सडक भासिने जोखिम भने कायमै रहन्छ ।’
उक्त सडक खण्डका अन्य ७ स्थानमा खसेको पहिरो हटाउन हेभी मेसिनहरू परिचालन गरिएको आयोजनाले जनाएको छ । सूचना अधिकारी मिश्रका अनुसार कृष्णभीर बाहेक पानीधारा, धारापानी, जवां, जलविरे, रोराङ लगायतका स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।
सो क्षेत्रमा अझै पनि पानी परिरहेकाले पहिरो पन्छाउने कार्यमा केही कठिनाइ भइरहेको छ । सबै ठाउँको पहिरो पूर्ण रूपमा सफा भएपछि मात्र सडक खण्डमा निर्बाध रूपमा सवारी आवागमन सुचारु हुने जनाइएको छ । वर्षा र पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ ।
News Desk 0 response शनिबार, अशोज १०, २०८३

सम्बन्धित शीर्षकहरु
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहिबार, अशोज ८, २०८३-
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३
-
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३ -
कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका..
शुक्रबार, अशोज ९, २०८३ -
एशियाली खेलकुद : नेपालले अफगानिस्तानलाई ५ विकेटले..
शुक्रबार, अशोज ९, २०८३ -
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय,..
बिहिबार, अशोज ८, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३



