

-
काठमाडौं : सरकारले राजनीतिक कोटाअन्तर्गत १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजदूतहरूको नाम सिफारिस गरेको हो ।
सरकारले भारतका लागि नेपाली राजदूतमा निश्चलराज पाण्डे, चीनका लागि डा। कल्याणराज शर्मा, अमेरिकाको लागि चिरजंग थापा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारु जोशी, ओमानका लागि डा। पद्माक्षी राणा, मलेसियाका लागि चुणामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा, साउदी अरबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरेको छ ।
अब राजदूतका लागि सिफारिसमा परेका नाम सुनुवाइको लागि परराष्ट्र मन्त्रालयले संसदीय सुनुवाइ समितिमा पठाउँछ । संसदीय समितिबाट अनुमोदित भएका नाममा एग्रिमो बनाई परराष्ट्रले सम्बिन्धत देशमा पठाउँछ ।
सम्बन्धित देशबाट एग्रिमो स्वीकृत भएर आएपछि राष्ट्रपतिले ती व्यक्तिहरूलाई राजदूत नियुक्त गर्ने कानुनी प्रावधान छ ।
परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते सूचना प्रकाशित गर्दै रिक्त १३ देशका राजदूतको लागि आवेदन मागेको थियो ।
परराष्ट्रले अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रियाको लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन मागेको थियो ।
परराष्ट्रले आवेदन दिने अन्तिम मिति २०८३ जेठ २२ गते बेलुकी ५ बजे तोकेको थियो । सो अवधिमा दुई हजार ७०० जनाको झन्डै चार हजार आवेदन परेका थिए ।
सरकारले २१ देशका लागि राजदूत सिफारिस गर्नुपर्ने भए पनि शुक्रबार राजनीतिक कोटाअन्तर्गतका १३ जनाको नाम मात्र सिफारिस गरेको हो । करियर डिप्लोम्याट (परराष्ट्र मन्त्रालयका सहसचिव)लाई राजदूतमा सिफारिस गर्न बाँकी नै छ । दोस्रो चरणमा करियर डिप्लोम्याटको नाममा राजदूतमा सिफारिस गर्ने तयारी छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल असोज ४ देखि १४ गतेसम्म संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा हुनेछन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि असोज ६ देखि १० गतेसम्म महासभामा भाग लिन न्युयोर्कमा हुनेछन् ।
परराष्ट्रमन्त्री राष्ट्रसंघको महासभामा सहभागी भई असोज १४ गते फर्कनेछन् । त्यसपछि मात्रै दोस्रो चरणमा करियर डिप्लोम्याटको नाम राजदूतका लागि सिफारिस गरिनेछ ।
अहिले १६ नेपाली नियोग राजदूतविहीन छन् । अस्ट्रेलिया, चीन, जर्मनी, भारत, इजराइल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रुस, साउदी अरेबिया, श्रीलंका, बेलायत, अमेरिका र स्पेनमा रहेका नेपाली नियोगहरु राजदूतविहीन छन् । भियना, इजिप्ट, बहराइन, बंगलादेश र म्यानमारका लागि नेपाली राजदूतको चारवर्षे कार्यकाल सकिएको छ । राजदूत सिफारिस गर्न नसकेपछि उनीहरूलाई अर्को निर्णय नहुन्जेलसम्म नफर्किन भनिएको छ ।
राजदूत नियुक्ति गर्दा करियर र राजनीतिक कोटाबाट ५०/५० प्रतिशत गर्ने परराष्ट्रको अभ्यास छ । अहिले केही नियोगमा करियर डिप्लोम्याट राजदूत छन् । त्यसैले २१ राजदूत सिफारिस गर्दा करियरलाई ५ देखि ७ र बाँकी राजनीति कोटामा पर्ने देखिन्छ ।
News Desk 0 response शुक्रबार, अशोज २, २०८३

सम्बन्धित शीर्षकहरु
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा उजुरी गरे, आफैले दुई हजार जरिवाना तिरे
बिहिबार, अशोज २९, २०८३-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
आनी छोइङ डोल्माको नियुक्तिप्रति चौतर्फी आलोचना
आइतवार, कार्तिक २, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३
-
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


