

-
अत्तरिया । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दरगाह स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ ।
कैलालीको धनगढी विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले सुख्खा बन्दरगाह सुदूरपश्चिम प्रदेशको मात्र नभएर देशकै समृद्धिसँग जोडिएको विषय भएकाले त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताउनुभयो ।
उहाँले धनगढी अत्तरिया करिडोरमा उद्योग स्थापनाका लागि विस्तुत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी अघि बढ्ने बताउनुभयो । सरकारले विशेष आर्थिक क्षेत्र घोषणा गरेको कैलालीको डुँडेझारी र कञ्चनपुरको दैजी छेलामा औद्योगिक क्षेत्र स्थापनाका लागि डिपीआर तयार भई अन्य प्रक्रिया अघि बढिसकेको समेत उहाँले बताउनुभयो ।
मन्त्री भट्टले व्यापार घाटा कम गराउन निर्यातमुखी उत्पादनलाई प्रोत्साहन गर्न सरकार लागि परेको बताउनुभयो । उहाँले गौरीफन्टा नाकामा पशु क्वारेन्टाइन चेकपोष्ट स्थापनाका लागि छिट्टै पहल गर्ने बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६

सम्बन्धित शीर्षकहरु
-
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब..
बिहिबार, अशोज २९, २०८३
-
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
विदेशी मुद्रा सञ्चिति ४० खर्ब ६५ अर्ब..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३


