

-
वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले मध्यपूर्वमा अमेरिकाले कम्तीमा पनि १४ हजार सैनिक पठाउन लागेको भनी आएको समाचार सत्य नभएको बताएको छ ।
उक्त समाचार सत्य नभएको भन्दै अमेरिकाले ती सेना मध्यपूर्वमा पठाउन नलागेको जनाएको छ । इरान विरुद्धको संघर्षका लागि अमेरिकाले ती सेना पठाउन लागेको भनी समाचार आएको थियो ।
पेन्टागनका प्रवक्ता अलिसा फराहले उक्त समाचारको खण्डन गर्नुभएको हो । उहाँले सो समाचारमा आएजस्तै अमेरिकाले त्यति ठूलो संख्यामा सेना मध्यपूर्वमा पठाउने विषयमा कुनै पनि तयारी नगरेको बताउनुभएको छ ।
उहाँले ट्वीट गर्दै भन्नुभएको छ– त्यो रिपोर्टिङ गलत छ, हामीले त्यहाँ सेना पठाउन लागेका छैनौँ ।
अमेरिकाको पत्रिका वाल स्ट्रिट जर्नलले बुधबारको आफ्नो अंकमा सो समाचार लेखेको थियो । उक्त समाचारमा अमेरिकाले इरानसँग लड्नका लागि ती सेना पठाउने तयारी गरेको लेखेको थियो ।
ट्रम्प प्रशासनले सो तयारी गरिरहेको र ती सेना मध्यपूर्वमा पठाउने बारेमा निर्णय भइसकेको भनी सो पत्रिकाले समाचार लेखेको थियो ।
सो पत्रिकाले लेखेको समाचार गलत भएको भन्दै पेन्टागनका प्रवक्ता फराहले आफ्नो ट्वीटमा अमेरिकी रक्षा मन्त्रालयको आधिकारिक भनाई भन्दै सो जानकारी गराउनुभएको थियो ।
यसका साथै उहाँले आफ्नो ट्वीटमा तर अमेरिकाले इराकमा सेना पठाउने तयारी भने गरेको जानकारी दिनुभएको छ ।
अमेरिकी सिनेटर जस हलीले पनि यस समाचारको सत्यता के थियो भनेर अमेरिकी सरकारमाथि प्रश्न गर्नुभएको थियो । रासस/सिन्ह्वा
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



