

-
दैलेख । महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम दिइएको छ ।
नारायण नगरपालिका स्वास्थ्य शाखाको समन्वय र साइनिङ अस्पतालको आयोजनामा शुरु भएको सो तालीममा नगरपालिकाभित्रका महिला स्वयंस्वसेविकाहरुको सहभागिता रहेको छ ।
फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो । महिलामा फिस्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्छ । सानो उमेरमा गर्भवती हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाल पर्छ । सन्तान जन्माइसकेपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने हुनसक्छ । मलाशयमा परेको दबाबले गर्दा गर्दा कहिलेकहीँ दिसा पनि चुहिने हुनसक्छ । यसरी दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारीरिक र मानसिकरूपमा हुने कष्ट त छँदैछ, घर परिवारबाट पनि अपहेलित हुने अवस्था हुन्छ ।
महिलामा देखिएको यो रोगको पहिचान र निःशुल्क उपचारका लागि सहज होस् भने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाका लागि यसबारे अभिमुखीकरण तालीमको आयोजना गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र हमालले जानकारी दिनुभयो ।
उहाँले स्थानीयस्तरमा अझै पनि फिस्टुला भएका महिला खुलेर उपचार गर्न नआउने समस्या रहेको भन्दै नगरभित्रका महिला स्वयंसेविकालाई फिस्टुला कसरी हुन्छ र त्यसको उपचार विधि र उपचार गर्ने स्थानका बारेमा जानकारी गराइएको बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, मंसिर १९, २०७६

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
मधेशमा जलस्रोत संकट बढ्दै, ६० प्रतिशत हाते..
सोमवार, साउन १८, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३
-
अध्यागमनअगाडि दूधे बालक काखमा च्यापेर रोइरहेकी निलम..
मङ्लबार, साउन १९, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
मङ्लबार, साउन १२, २०८३ -
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमवार, साउन १८, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३



