

-
नैरोबी । केन्यामा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या आइतबार बिहानसम्ममा ३७ पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रबार रातीको पहिरोमा परी मृत्यु हुनेको संख्या बढेर अहिलेसम्म ३७ पुगेको पुष्टि गरेका हुन् । देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने वेस्ट पोकोटमा घटना भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । उहाँले प्रकाशित गरेको शोक वक्तव्यमा पहिरोका कारण बेपत्ता भएकाहरुको खोजी कार्य जारी राख्न र बेपत्ता तथा मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । त्यसैगरी आगामी दिनमा यसैगरी ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिने तर्फ अहिलेदेखि नै सतर्कता अपनाउन पनि राष्ट्रपति केन्याटाले आह्वान गर्नुभएको छ । केन्याका गृहमन्त्री फ्रेड मातीअङले पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कामहरु भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उद्धार तथा राहतको कामहरु भइहेको छ, त्यसका लागि सुरक्षाकर्मीहरुको टोली र मानवीय सहायता सम्वन्धी निकायका व्यक्तिहरु खटिएका छन् ।” प्रतिकुल मौसमका कारण खोजी तथा उद्धार कार्यमा कठिनाई भइरहेको उहाँले जानकारी दिनुभयो । थप क्षति हुनबाट बचाउने प्रयास नै अहिलेको प्राथमिकता भएको उहाँको भनाई छ । पहिरो प्रभावितहरुलाई अत्यावश्यक सेवा सुविधाहरुको अभाव रहेको बताइएको छ । केन्याको यो घटनास्थल छिमेकी मुलुकहरु युगान्डा र दक्षिणी सुडानबाट पनि नजिक पर्दछ । प्राकृतिक श्रोत साधन र भाैितक संरचनाहरुको जथाभावी प्रयोग तथा दोहन, अत्यधिक धेरै बाटो र पुलहरुको निर्माणलगायतका कारणले पहिरो गएको बताइएको छ । रासस/सिन्ह्वा
News Desk 0 response आइतवार, मंसिर ८, २०७६

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता
आइतवार, अशोज ११, २०८३ -
नारायणीको जलसतह अहिलेसम्मकै उच्च
आइतवार, अशोज ११, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
कृष्णभीरको पहिरो पन्छाएपछि सवारी सञ्चालनमा
शनिबार, अशोज १०, २०८३ -
पृथ्वी राजमार्गको बाङ्गेमा खस्यो पहिरो, यातायात सेवा..
शुक्रबार, अशोज ९, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
भारत, चीन र अमेरिकासहित १३ देशका लागि..
शुक्रबार, अशोज २, २०८३



