

-
शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्याहरुलाई आफ्नै ठाउँमा फिर्ता पठाउन नसकिएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घ अन्तर्गतको अधिकार प्रमुख मिचेल बाचेलेटले असुरक्षाको कारण देखाउँदै उनीहरू म्यानमारमा फर्किन नमानेको जानकारी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
रोहिङ्ग्याहरुले अझै पनि आफ्नो ठाउँमा आफूहरु असुरक्षित रहेको बताउने गरेको र फर्किन नमानेको उनको भनाइ छ । रोहिङ्ग्याको बस्तीमा झन्डै पाँच वर्ष अगाडि ठूलो हिंसात्मक घटना भएको थियो । पछि उनीहरु भागेर बङ्लादेशका विभिन्न ठाउँमा शरणार्थी भएर बसेका छन् । उनीहरुलाई आफ्नै ठाउँमा फिर्ता गराउन शरणार्थी र म्यानमार सरकारबीच पटक–पटक सम्झौता समेत भएको थियो ।
सम्झौताका लागि भएका वार्तामा राष्ट्र सङ्घीय अधिकारीहरुलाई समेत सहभागी गराइएको थियो । वार्ता र सम्झौताले अहिलेसम्म पनि ठोस निकास दिन नसकेपछि राष्ट्र सङ्घले सरोकारवालाहरुलाई फेरि घच्घच्याएको छ । बङ्लादेशको दक्षिणी क्षेत्रमा झन्डै दश लाख रोहिङ्ग्या शरणार्थीहरु रहेका छन् ।
सन् २०१७ मा जातीय रुपमा विभेदपूर्ण तरिकाले हिंसा भएको उनीहरुको गुनासो छ । म्यानमारमा अहिले सैन्य सरकार छ । राष्ट्र सङ्घका अधिकार प्रमुख बाचेलेटले शरणार्थी शिविरमा रहेका शरणार्थीलाई भेटेपछि बङ्लादेशको ढाकामा गरेको सम्मेलनमा भन्नुभयो ‘शरणार्थीहरु आफ्नो देश फर्किन त चाहन्छन, तर फर्किने अवस्था नरहेको बताएका छन् ।’ उनीहरुलाई फर्काउन र सहमति कार्यान्वयन गराउन राष्ट्र सङ्घ र बङ्लादेशले पहल गर्दै आएका छन् ।
म्यानमार सरकारलाई फेरि घच्घच्याउनु पर्ने खाँचो रहेको बताउँदै बाचेलेटले त्यसका लागि सबैले अग्रसरता लिनुपर्नेमा जोड दिएका छन् ।
News Desk 0 response बिहिबार, भदौ २, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


