

-
भारतको दक्षिणी राज्य केरलामा मङ्कीपक्स भाइरसबाट एक जनाको ज्यान गएको छ । शनिवार ज्यान गुमाएका ती युवकलाई मङ्कीपक्स सङक्रमण पुष्टि भएको हो ।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिवार ज्यान गएको र नमुना परीक्षणमा मङ्कीपक्स भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मङ्कीपक्स पुष्टि भएका मृतक युवकको सम्पर्कमा आएका २० जनालाई निगरानीमा राखिएको छ। विश्वका विभिन्न देशमा मङ्कीपक्स भाइरस फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले यसअघि नै स्वास्थ्य सङ्कटका रूपमा घोषणा गरिसकेको छ।
यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमतिको सङ्ख्या १६ हजार ४ सय ६४ जनामा पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभर १ लाख ४३ हजार ६ सय ७६ सक्रिय सङ्क्रमित छन् ।
कोरोना सङ्क्रमणबाट थप ३९ जनाको ज्यान गएको छ।
News Desk 0 response मङ्लबार, साउन १७, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


