

-
रुसको कब्जामा रहेको क्षेत्रमा आक्रमणमा परि ५० जनाभन्दा बढी युक्रेनी युद्धबन्दीको ज्यान गएको घटनाको अनुसन्धान गर्न रुसले संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको छ ।
युक्रेनी सेनाको डोनबास क्षेत्रको ओलेनिभक नजिक रहेको सोधपुछ तथा हिरासत केन्द्रमा रकेट प्रणालीबाट शुक्रवार बिहान भएको आक्रमणमा परि ५३ जना युक्रेनी युद्धबन्दीको ज्यान गएको थियो । आक्रमणमा एक सय ५० जनाभन्दा धेरै घाइते भएका छन् ।
यो आक्रमणलाई लिएर रुस र युक्रेनले एक अर्कालाई दोष लगाइरहेको बेला रुसले अनुसन्धानका लागि संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका विशेषज्ञहरूलाई आमन्त्रण गरेको एएनआईले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर आक्रमणको वस्तुनिष्ठ अनुसन्धान गर्न रुसले औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घ र रेडक्रसका अन्तर्राष्ट्रिय समितिका विशेषज्ञलाई आमन्त्रण गरेको जनाएको छ । रुसले गएको फेब्रुअरी २४ तारिखदेखि युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको हो ।
News Desk 0 response आइतवार, साउन १५, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


