

-
श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गरेका थिए तर विमानस्थलका कर्मचारीले उहाँले विमानसम्म जान दिएका थिएनन् । त्यसपछि श्रीलङ्काको सर्वोच्च अदालतले दुवै नेतालाई जुलाई २८ सम्म देश छाडेर जान प्रतिबन्ध लगाएको हो ।
यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर सिङ्गापुर पुगिसकेका छन् । उनले सिङ्गापुरबाटै इमेलको माध्यमबाट राजीनामा दिएका छन् ।
सिङ्गापुर सरकारले गोटाबाया राजापाक्षे त्यहाँ आइपुगेपछि लागेको आरोपहरूको खण्डन गर्नका लागि स्पष्टीकरण नै जारी गरेको छ । राजापाक्षेलाई कुनै राजनीतिक शरण दिएको नभइ उनी व्यक्तिगत भ्रमणका क्रममा त्यहाँ आइपुगेका जनाएको छ ।
यसैबीच श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । अन्तरिम राष्ट्रपति पदको शपथ लिँदै रनिल विक्रमासिङ्घेले दुई वटा महत्त्वपूर्ण घोषणा गरेका छन्। राष्ट्रपतिलाई सम्बोधन गर्न ‘महामहिम’ शब्द निषेधित गरेको र राष्ट्रपतिको झण्डा हटाउने निर्णय गरेको उनले विज्ञप्तिमा जनाएका छन्।
News Desk 0 response शुक्रबार, असार ३१, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


