

-
रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ । रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
गाजप्रोमले आज आइतवार लगातार पाँचौँ दिन पनि मागेजति ग्यास नदिएको ईएनआईले जनाएको छ । ईएनआईले रुसबाट दैनिक ६३ मिलियन क्युबिक मिटर ग्यास आपूर्ति गर्दै आएकोमा गएको बुधवारदेखि ५० देखि ८० प्रतिशतसम्म मात्रै ग्यास प्राप्त भएको इटलीले जनाएको छ ।
रुसले आपूर्तिमा रोक लगाउने क्रम जारी राखेमा इटलीले अर्को हप्ता नै नागरिकलाई ग्यासको खपत कम गर्न आग्रह गर्न सक्ने वा कोटा तोक्न सक्ने सम्भावना छ । रुसबाट ग्यास आपूर्तिमा कमी आएसँगै इटलीले उद्योग प्रयोग कम गर्ने, कोइला पावर प्लान्टको क्षमता बढाउने र रुसबाहेकका निर्यातकर्तासँग ग्यासका लागि अनुरोध गर्न सक्ने पनि खबरमा उल्लेख छ ।
इटलीले आउँदो जाडोयामका लागि ९० प्रतिशत भण्डारण भर्ने लक्ष्य लिएको छ । अहिले भण्डारण क्षमताको ५४ प्रतिशत मात्रै ग्यास स्टक रहेको बीबीसीले जनाएको छ । रुसका प्रवक्ता दिभित्री पेस्कोभले मर्मतका कारण पछिल्ला केही दिनमा ग्यासको निर्यातमा कमी भएको दाबी गरे पनि इटलीका प्रधानमन्त्री मारिओ दाघ्रीले भने रुसले ग्यासमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । यसलाई टक्कर दिन रुसले इन्धन कटौती गरिरहेको छ । पेट्रोलियम पदार्थ र ग्यासका लागि युरोप रुसमा निर्भर रहँदै आएको छ ।
News Desk 0 response आइतवार, असार ५, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३


