

-
इस्लामाबाद : पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ गर्न अनुमति दिन अनुरोध गरेको छ।
यद्यपि, अदालतले उनीहरूको अन्तरिम जमानतलाई जुन ११ सम्म लम्ब्याएको छ।
शरीफ परिवारका वकिल मोहम्मद अमजद परवेजले बताएअनुसार उक्त मुद्दामा डेढ वर्षदेखि अनुसन्धान चलिरहेको छ तर अझै पनि एफआईएले उनका विरुद्ध कुनै प्रमाण पेश गर्न सकेको छैन।अमजद परवेजले मनी लान्ड्रिङ मुद्दामा जमानत पुष्टि गर्न आफ्नो तर्क पेश गर्न थालेपछि दुबै पीएमएल(एन नेताहरू अदालतबाट बाहिरिएका थिए।
दुवैजना जेलमा हुँदा एफआईएले बाबु(छोरालाई सोधपुछ गरेको वकिलले बताएका छन् ।
न्यायाधीशले अन्य सबै सरोकारवालाहरूलाई अर्को सुनुवाइमा आफ्नो तर्क प्रस्तुत गर्न आदेश दिएका छन् । अर्को सुनुवाइ जुन ११ हुनेछ ।
सुलेमान शाहबाज, ताहिर नक्वी र मलिक मकसूद विरुद्ध गैर जमानती वारेन्टको रिपोर्ट पेश गर्न एफआईएलाई निर्देशन दिइएको छ ।
अर्कोतर्फ, रमजान चिनी मिल र आशियाना हाउजिङ मुद्दामा सुनुवाइका क्रममा पाकिस्तानी प्रधानमन्त्रीले उपस्थित भएर आफ्नो तर्क राख्न पाउँन अनुरोध गरेका थिए।नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अदालतमा मुद्दा दायर गरेको थियो। सुनुवाईको क्रममा अभियोजक असदुल्लाह मलिकले भ्रष्टाचारका मुद्दाहरूसँग सम्बन्धित रेकर्डहरू प्रस्तुत गर्ने साक्षीहरू पेश गर्न माग गरेका थिए । सबै बहस सुनेपछि सुनुवाइ जुन २० गतेसम्मका लागि स्थगित गरिएको छ ।
जिओ टिभीका अनुसार शहबाजलाई आशियाना हाउजिङ मुद्दामा अभियोग लगाइएको छ। फेडरल इन्भेस्टिगेशन एजेन्सी (एफआईए) ले सन् २०२१ को डिसेम्बरमा शहबाज र हम्जा विरुद्ध चिनी घोटाला प्रकरणमा १६ अर्ब रुपैयाँको धनको अपचलनमा संलग्न भएको आरोपमा विशेष अदालतमा चलान पेस गरेको थियो।
एफआईएले उनीहरूलाई नोभेम्बर २०२० मा पाकिस्तान दण्ड संहिता, भ्रष्टाचार निवारण ऐन र एन्टि मनी लान्ड्रिङ ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो।
News Desk 0 response आइतवार, जेष्ठ २२, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


