

-
काठमाडौं : चीनको ठूलो आर्थिक सहर शङ्घाईमा कोरोना भाइरसको जोखिमका कारण लगाइएको लकडाउन दुई महिनापछि आज बुधवारदेखि खुकुलो पारिएको छ ।
साढे दुई करोडभन्दा धेरै मानिस बस्ने सहरमा प्रतिबन्धहरू खुकुलो बनाउँदै मानिसहरूलाई घरबाहिर निस्केर हिँडडुल गर्न दिइएको हो । शङ्घाई महानगरकी प्रवक्ता यिन शिनले लामो समयदेखि कामना गरिरहेको दिन आज प्राप्त भएको बताउनुभएको बीबीसीले जनाएको छ । कोरोना सङ्क्रमण भएका व्यक्ति र सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै मानिस अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भन्दै उनले सङ्क्रमण देखिएको क्षेत्रमा भने फेरि लकडाउन हुन सक्ने बताए ।
नगरवासीहरूले घरबाट बाहिर निस्किँदा उनीहरू सङ्क्रमित नरहेको पहिचान स्वरूप मोबाइलमा हरियो कोड देखाउनुपर्छ । सरकारले सङ्क्रमित नभएका व्यक्तिको मोबाइलमा हरियो कोड उपलब्ध गराएको हुन्छ । यदि कुनै व्यक्ति सङ्क्रमितको सम्पर्कमा पुगेमा उसको मोबाइलमा रहेको हरियो कोड स्वतः हट्छ ।
शङ्घाईबाट बाहिर जान भने अझै पनि प्रतिबन्ध रहेको छ । अर्को सहरबाट शङ्घाई पुग्नेले अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्छ । विद्यालय, चलचित्र घर, सङ्ग्राहलय र व्यायाम घर भने अझै बन्द छन् । लकडाउन सकिएपछि शङ्घाईका बासिन्दाहरूले उत्सव मनाएका छन् । मानिसहरू सडक छेउमा भेला भएर नाचगानसमेत गरेका बीबीसीले जनाएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १८, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


