

-
काठमाडौं : अमेरिकाको टेक्सस राज्यमा रहेको एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा ज्यान गुमाउनेको सङ्ख्या २६ जना पुगेको छ । गोली प्रहारबाट कम्तीमा २० जना बालबालिका र ६ जना वयस्क गरी २६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।
गोली प्रहार भएको विद्यालयमा सातदेखि दश वर्ष उमेर समूहका बालबालिका अध्ययन गर्छन् । रब एलिमेन्ट्री स्कुलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । विद्यालयमा झन्डै पाँच सय जना बालबालिका रहेका र ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने राज्य सरकारले जनाएको छ ।
विद्यालयमा जथाभाबी गोली चलाउनुको कारण खुलेको छैन । विद्यालयमा गोली चलेको थाहा पाएपछि नजिकै रहेका एक सीमा रक्षकले विद्यालयमा गएर आक्रमणकारीलाई मारिदिएका स्थानीय प्रहरीले जनाएको छ ।
राष्ट्रपति जो बाइडेनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिनुभएको छ । ह्वाइट हाउसबाट गरिएको सम्बोधनमा बाइडेनले बन्दुक नियन्त्रणका लागि आह्वान गर्दै धेरै मानिस प्रभावित हुने गरी हुने गोली प्रहारका घटनाका कारण आफू दिक्क भएको बताएका छन्।
अमेरिकामा यो वर्ष मात्रै समूहमा गोली प्रहार भएका २६ वटा घटना भएका छन् । दश दिनअघि मात्रै न्युयोर्क राज्यमा भएको आक्रमणका १० जनाको ज्यान गएको थियो ।
News Desk 0 response बुधबार, जेष्ठ ११, २०७९

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
घरमा असुरक्षा भएपछि पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरी कार्यालय..
आइतवार, अशोज ११, २०८३


