

-
कोलम्बो । श्रीलङ्कामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् । श्रीलङ्कामा पछिल्लो एकै दिनमा ८३० जना सङ्क्रमित थपिएका छन् । श्रीलङ्कामा अहिले १५ सयभन्दा बढी मानिस घरमै क्वारेन्टिनमा बसेका छन् ।
श्रीलङ्कामा हालसम्म कोरोनाभाइरसबाट तीन हजार ७३३ जना सङ्क्रमित भएका छन् । ती मध्ये १३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल सङ्क्रमित मध्ये तीन हजार २६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । यस मुलुकमा कोरोनाभाइरस समुदायस्तरमा फैलिएको आइतबार दुई महिना पुगेको छ । सङ्क्रमित हुनेहरुमा उद्योग धन्दामा काम गर्नेहरु बढी छन् ।
क्वारेन्टिनमा बसेकाहरुलाई पनि कडाइका साथ क्वारेन्टिन सम्बन्धी नियम पालना गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । उलंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ । त्यसैगरी स्वास्थ्य मन्त्रालयले अर्को छुट्टै आदेश जारी गर्दै सार्वजनिक रुपमा भिडभाड नगर्न आग्रह गरेको छ । प्रदर्शनी, भोजभतेर, सभा सम्मेलन, भित्रि तथा वाहिरी समारोह, सांस्कृतिक कार्यक्रमलगायतका भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो ।
त्यसैगरी प्रहरीले राजधानी कोलम्बोमा कर्फ्यु लगाएको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायातलगायत संचालनमा रोक लगाउँदै आएको थियो । सरकारी अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि आम नागरिकले सहयोग नगरेमा अनियन्त्रित हुने चेतावनी दिएका छन् । प्रहरी र स्वास्थ्यकर्मीहरुले घर घरमै गएर पनि नियन्त्रण र परीक्षणको काम गरिरहेको जनाइएको छ । रासस/एपी
News Desk 0 response बुधबार, अशोज २१, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



